पोखरा कोटीहोममा कान्छी कथाबाचकबाट भागवतकथा बाचन शुरु

हिमाली आवाज ।पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा प्रख्यात कथा बाचकहरुले कथा बाचन गर्ने र भक्तजनहरुले श्रबण गर्ने क्रम शुरु भएको छ।

महायज्ञ अन्तर्गतको मुख्य कार्यक्रम अन्तर्गत महायज्ञको पुर्बांग बैशाख १७ गते हुने र जेठ २६ गतेसम्म चल्ने भएपनि चैत १७ गतेबाट नै विभिन्न प्रचारात्मक कार्यक्रमहरु शुरु भएको छन। यसै क्रममा चैत २९ गते शुक्रबारबाट कथाबाचन शुरु भएको छ।

महायज्ञ अन्तर्गत पहिलो कथा प्रवचनका लागि विश्वकै कान्छी भागवतवाचिका सुश्री अनुराधा पाण्डेय भारतबाट बिहिबार पोखरा आएर शुक्रबार देखि कथा प्रवचन शुरु गरिसकेकी छन। दश बर्षकी उनलाई नेपालमा पनि नेपालकी कान्छी भागवतवाचिकाको रुपमा चिन्ने गरिएको छ उनले शुक्रबारबाट गर्ने संगीतमय श्रीमद्भागवत कथावाचन बैशाख ५ गतेसम्म चल्नेछ।

शुक्रबारको कथा बाचन कार्यक्रमको उद्घाटन पण्डित अमृतशरण देबाचार्यबाट गरिएको थियो कार्यक्रममा विभिन्न धार्मिक व्यक्तित्वहरु सहि महायज्ञ मुल आयोजक समितिका पदाधिकारी सहित ठुलो संख्यामा सर्बसाधारणको सहभागिता रहेको थियो

Comments
Loading...