‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : गण्डकी हिरोज सेमिफाइनलमा

हिमाली आवाज । पोखरामा जारी दोस्रो संस्करणको ‘केपी ओली कप’ टी –२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ‘बी’ बाट गण्डकी हिरोजले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको छैटौं दिन आज समूह ‘बी’ तर्फका अन्तिम खेल तालिका थियो ।

तर प्रतिकुल मौसमले खेल सञ्चालन हुन नसकेपछि ‘रनरेट’को आधारमा हिमालयन क्रिकेट एकेडेमीलाई पछि पार्दै गण्डकी समूह बिजेता बनेर अन्तिम चारमा पुगेको हो ।

प्रतियोगितमा दुई खेल खेलेको गण्डकीको दुई जितसहित पाँच अंक रहँदा समान खेल खेलेको हिमालयनको पनि समान अंक रहेको छ । सोही समूहका ग्रेट हिमालयन क्रिकेट एकेडेमी र चितवन क्रिकेट क्लबको पनि दुई खेलबाट समान एक÷एक अंक रहेको थियो ।

समूह चरणमा आफ्नो अन्तिम खेल अन्तरगत चितवन र ग्रेट हिमालय बीच पहिलो तथा गण्डकी र हिमालयन बीचमा दोस्रो खेल हुने तालिका थियो । दुवै खेल मौसमका कारण रोकिएको हो ।
गण्डकीको रनरेट १.४३४६ रहँदा हिमालयनको ०.८१५८ रह्यो । ग्रेट हिमालय माइनस २.११२८ अंकका साथ तेस्रो स्थानमा रहँदा माइनस ३.४७२५ अंकका साथ चितवन पुछारमा रह्यो ।
समूह ‘ए’ बाट यस अघि शीर्षस्थानमा रहँदै सिइसी काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको थियो काठमाडौंले आफ्नो तीन मध्ये तीन खेलमा नै जित हासिल गर्दै छ अंकका साथ शीर्ष स्थानमा रहेको थियो ।

प्रतियोगितामा कू १६ टिमको सहभागिता रहेको थियो । सहभागी टोलीलाीई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोली सेमिफाइनल पुग्नेछन् । अब समूह ‘सी’ र ‘डी’ तर्फका खेल हुन बाकी रहेको छ ।
प्रतियोगितामा शुक्रबार समूह ‘सी’ तर्फ कर्णाली एकेडेमी र मधेश प्रदेश क्रिकेट क्लबकाबीच पहिलो तथा हिमाल फे्रन्डस क्रिकेट क्लब र लुम्बिनी खुकुरी बीच दोस्रो खेल हुने आयोजकले जनाएको छ ।
यही चैत २३ गतेदेखी सुरु प्रतियोगताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी ‘म्यान अफ दि सिरिज’ले नगद रु ३० हजार, वेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Comments
Loading...