हिमाली आवाज । पोखरामा आज भएको सडक दुर्घटनामा नेकपा(माओवादी केन्द्र) कास्कीका नेता शिवराज कँडेलको मृत्यु भएको छ ।
पोखराको पृथ्वीचोकमा ना. ५ ख. ६२२२ नम्बरको ट्रकले ग. १६ प. २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार ५३ वर्षीय कँडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । कँडेलकी छोरी स्कुटर चालक २३ वर्षीया सुस्मिता कँडेलको हात र घुँडामा चोट लागेको र उपचार भइरहेको बताइन्छ ।

स्व कँडेल नेकपा माओवादी केन्द्र पोखरा–१४ का पूर्व अध्यक्ष तथा अखिल नेपाल किसान महासंघ –क्रान्तिकारी) कास्की जिल्ला समितिका सचिव हुनुहुन्थ्यो ।
ट्रकको ठक्करबाट घाईते भएपछि उद्दार गरेर गण्डकी मेडिकल कलेज लगिएपनि कँडेलको उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । स्कुटरलाई ठक्कर दिने ट्रकसहित चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ ।