हेमजामा राष्ट्रिय आलु महोत्सव सुरु

हिमाली आवाज । आलु गाउँको रुपमा देशमा प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा आइतबारदेखी राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ ।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’को नाराका साथ संचालन भएको महोत्सव आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको प्रमुख आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शनी तथा बिक्री रहेको छ ।
हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले त्यहाँ उत्पादित आलुको माग उच्च गरेको छ ।

महोत्सवसँगै हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार, हेमजालाई व्यवसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्त श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवस्थलमा आलु बिक्रीका लागि ५० हजार केजीको आलुको विशाल पहाड निर्माण गरिएको छ । स्थानीय कृषकबाट संकलित आलुबाट पहाड निर्माण गरिएको आलु संकलन तथा कृषि परिचालन उपसमिति संयोजक जयराज तिमिल्सिनाले बताउनुभयो ।

उहाँका अनुसार आलुको पहाडबाटै आलु निकालेर बिक्री गरिन्छ । बिक्री गर्दा घटेको आलु थपेर अन्तिम दिनसम्म आलुको पहाड कायम राखिने आयोजकले जनाएको छ ।तिमिल्सिनाले महोत्सवमा प्रतिकेजी रु ४२ मा आलु बिक्री गरिएको जानकारी दिनुभयो ।

हेमजाको कुल १३ हजार पाँच सय हेक्टर क्षेत्रफल मध्ये पाँच सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ । यहाँका दुई हजार घरपरिवार कृषिमा आधारित रहेकोमा एक हजार ५० कृषकले व्यावसायिक आलु खेती गर्दै आउनुभएको छ ।

महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले हेमजाको कृषि लगायत अन्य क्षेत्रको विकासका लागि महानगरले साथ दिने बताउनुभयो । उहाँले उत्पादित कृषि उपजको बिक्री तथा वितरणका लागि महानगरले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

कृषि विकास मन्त्रालय गण्डकीका सचिव वासुदेव रेग्मीले खेतीयोग्य जमिन घट्दै जानु चिन्ताको विषय भएको बताउनुभयो । पोखरामा मागको ९५ प्रतिशत बढी आलु अन्यत्रबाट ल्याउनु परेको जानकारी दिँदै उत्पादन वृद्धि गर्नुपर्ने खाँचो औल्याउनुभयो ।

त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहनुभएका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले विष्णुपादुका क्लव हेमजाको पहिचान स्थापित क्लव भएको स्पष्ट्र पार्नुहुँदै क्लवले आलु महोत्सव मार्फत हेमजा र समग्र पोखरा क्षेत्रलाई नै ब्राण्डिङ गर्न भूमिका खेलेको जनाउनुभयो । महोत्सवले कृषि पेशामा लाग्न कृषकहरुलाई हौसला थप्ने उहाँको भनाई छ ।

क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठले सबैको साथ सहयोगले आलु महोत्सवले निरन्तरता पाइरहेको उल्लेख गर्नुहुँदै क्लवले सामाजिक उत्तरदायित्वपूर्ण गतिविधिलाई निरन्तरता दिने जनाउनुभयो ।उद्घाटनकै अवसरमा हलगोरु पाल्ने कृषक विजय रानामगर, हरीकुमार परियार र गंगाबहादुर कार्कीलाई नगद रु. १० हजार सहित सम्मान गरियो ।त्यस्तै हेमजामा जन्मिएर नेपाली भाषा साहित्यको क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुभएको भन्दै भाषाविद् मुकुन्दशरण उपाध्याय पनि सम्मानित हुनुभयो । त्यस्तै हालै निर्माण सम्पन्न गरिएको सुविद्यासम्पन्न शौचालयको पनि उद्घाटन भयो ।

महोत्सव सुरु हुनुपुर्व बाजागाँजा, कृषि झाँकी सहित विष्णुपादुका माइस्थानबाट शोभायात्रा सुरु भएकोमा उक्त शोभायात्रा मिलनचोक, नहरचोक, साँझाचोक, सोतीपसल हुँदै महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेको थियो ।

महोत्सवमा कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेका छन् ।
महोत्सव सुरु हुनुपुर्व बाजागाँजा, कृषि झाँकी सहित विष्णुपादुका माइस्थानबाट सुरु भएको शोभायात्रा मिलनचोक, नहरचोक, साँझाचोक, सोतीपसल हुँदै महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेको थियो ।
कृष्ण दवाडी,पोखरा

Comments
Loading...