कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने निर्णयविरुद्ध घिसिङ सर्वोच्चमा

हिमाली आवाज । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ ।

उहाँले गैरकानुनी रुपमा आफूलाई हटाइएको भन्दै पुनस्र्थापनाको माग गर्दै रिट निवेदन पेस गर्नुभएको हो । सर्वोच्चका सहरजिस्ट्रार अच्युत कुइँकेलले रिट आएको जानकारी दिनुभयो । सर्वोच्चमा रिट आएको हेर्न नभ्याइएको बताइन्छ । कुइँकेलले भन्नुभयो,‘रिट आइपुगेको छ हेर्न भ्याइएको छैन । भोलि मात्रै थप अध्ययन गरेर प्रक्रिया अघि बढ्छ ।’

Comments
Loading...