रामनवमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

हिमाली आवाज । सरकारले राम नवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।२०८१ चैत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्नुहुँदै विसं २०८१ साल चैत २४ गतेका दिन राम नवमी पर्व परेकोले उक्त दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।

Comments
Loading...