हिमाली आवाज । दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनल प्रतिष्पर्धामा आयोजक सूर्य तारा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै गन्नीले उपाधि जितेको हो ।
उपाधि विजेता गन्नीले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पा¥यो । उपविजेता बनेको सूर्य ताराले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा सूर्य ताराका राजेश राईले वेस्ट प्लेयर बन्दै १५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्न सफल भए । फुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

खेल महोत्सव अन्तरगतको राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिताको उपाधि भने आयोजक सूर्य तारा क्लबले हात पारेको छ । फाइनलमा दिदी बहिनी आमा समुहलाई पराजित गर्दे सूर्य तारा प्रथम भएको हो । प्रथम भएको सूर्य ताराले ३३ हजार ३ सय ३३ र द्वितीय हुने दिदी बहिनी आमा समुहले २२ हजार २ सय २२ रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पारे ।
कुल १४ टिमले सहभागिता जनाएको यो प्रतियोगितामा लालिगुराँस आमा समुह पोखरा ३० तृतीय बन्यो । बाग्लुङ समाज पोखरा २९ लाई पराजित गर्दै तेस्रो बनेको लालीगुँरासले ११ हजार १ सय ११ रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पा¥यो ।
खेल महोत्सवमा खुला महिला ‘स्लो’ स्कुटर रेस प्रतियोगिता, खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत समावेश गरिएको थियो ।