माछापुच्छ्रेका रेशम क्यान्सरबाट पीडित,उपचारमा आर्थिक अभाव भएपछि सहयोगको अपिल

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका युवा रेशम नेपाली रेक्टर क्यान्सरबाट पीडित हुनुभएको छ ।

माछापुच्छ्रे वडा नं ३ का संस्थापक वडासदस्य समेत रहनुभएका नेपाली हाल भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्ज सेन्टरमा उपचार गराइरनुभएको छ । उहाँको उपचारमा आर्थिक अभाव भएपछि अहिले गाउँलेले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेका छन् । गाउँमा हालै भएको भेलाले संस्थापक वडाध्यक्ष सूर्य प्रसाद लम्सालको अध्यक्षतामा रेशक कुमार नेपाली उपचार सहयोग संकलन समिति समेत गठन गरेको छ ।

समितिले सहयोग रकम संलकनका लागि सामाजिक सञ्जालबाट आह्वान गर्ने तथा बैँक खाता खोल्ने लगायतका काम अघि बढाएको सहयोग संकलन समितिका सचिव पदम नेपालले हिमाली आवाज अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार रेशमको उपचार पद्धती लामो र खर्चिलो भएकाले सबैँसँग सहयोगको हात फैलाइएको बताउनुभयो ।

“भाई रेशम समाजमा जसलाई जे पर्दा पनि आफ्नो सबै काम छोडेर लागि पर्ने राजनैतिक तथा सामाजिक व्यक्तित्व हुन् । उनी अहिले क्यान्सरबाट पीडित बनेर असाध्यै अप्ठ्यारो अवस्थामा छन् । उनको आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्ने क्षमता छैन । त्यसैले उनलाई सहयोग गर्नका लागि स्वेच्छिक सहयोग अभियान सञ्चालन गरेका छौँ । हाम्रो उदेश्य क्यान्सरसँग लडिरहेको हाम्रो प्यारो भाइ रेशमलाई पूर्ण स्वस्थ बनाएर घाचोक फर्काउने रहेको छ । हामी आशावादी छौं तपाइँहरु सबै हाम्रो यस अभियानमा जोडिनुहुनेछ ।” समितिका सचिव पदम नेपालीले भन्नुभयो ।

उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सबै मनकारीहरुलाई सक्दो सहयोग गर्न समेत आग्रह गर्नुभएको छ ।  सहयोग संकलन समितिका अध्यक्ष सूर्यप्रसाद लम्सालले अभियान संजालमा सार्वजनिक भएपछि हालसम्म रु पाँच लाख जम्मा भएको जानकारी दिनुभयो ।

Comments
Loading...