हिमाली आवाज । देशको पर्यटकीय राजधानी पोखरामा क्यापिटल म्याक्स सेक्युरिटीज लिमिटेडले शाखा विस्तार गरेको छ । पछिल्लो पटक लाईसेन्स लिने मध्येमा ब्रोकर नम्बर ६२ अर्थात क्यापिटल म्याक्स सेक्युरिटीले कास्की जिल्लामा आफ्नो पहिलो शाखा विस्तार गरेको हो ।
न्यूरोडमा खोलिएको नयाँ शाखाबाट आइतबारदेखी सेवा सुरु भएको छ । पहिलो दिनमानै लगानीकर्ताहरुको उत्साहजनक सहभागिता देखिएको क्यापिटल म्याक्सका अध्यक्ष अतितलाल श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले पोखरा शाखाबाट ग्राहकमैत्री स्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो,‘हामीले धितोपत्र बोर्डको नियम भित्र रहेर लगानीकर्तालाई बढीभन्दा बढी सेवा सुविधा दिने उद्देश्य अनुरुप पोखरामा पहिलो शाखा खोलेका छौं । आशा छ नेपालको पर्यटकीय राजधानी पोखराका लगानीकर्ताहरुले क्यापिटल म्याक्सबाट सेयर कारोबारका लागि सरल र सहज रुपमा सेवा सुविधा पाउनुहुनेछ ।’

शाखा सुभारम्भका अवसरमा निःशुल्क रुपमा सेयर सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । शेयर बजार विश्लेशक सुवास कार्की र रोहन कार्कीले लगानीकर्ताका विविध जिज्ञासाहरु मेटाउनुभएको थियो ।
क्यापिटल म्याक्स पछिल्लो पटक ब्रोकर लाईसेन्स पाउनेमध्येमा सबैभन्दा बढी कारोबार गर्ने कम्पनी हो । यस्तै नयाँ लाईसेन्स पाएका ब्रोकरमध्येमा पनि शाखा खोल्नेमा क्यापिटल म्याक्स पहिलो हो ।
काठमाडौंको कमलपोखरीमा मुख्य कार्यालय रहेको सो कम्पनीले देशका अन्य शहरहरुमा पनि छिट्टै नयाँ शाखा विस्तार गर्ने जानकारी दिएको छ । ‘हाम्रो उद्देश्य भनेको देशभरका लगानीकर्ता समक्ष क्यापिटल म्याक्सको सेवा सुविधा सहज रुपमा पुर्याउनु हो,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो,‘तसर्थ भोलीका दिनमा अझ परिस्कृति सेवा सुविधा लिएर लगानीकर्ता समक्ष आउने छौं ।’
विशेषगरी क्यापिटल म्याक्सले आफ्ना ग्राहकलाई सहजताको लागि अटो कोल्याटर लोड सुविधा अर्थात लगानीकर्ताले सेयर बिक्री गर्नासाथ सो रकम बराबरको लिमिट तुरुन्तै पाउन सक्नेछन भने आफुले सेयर बिक्री गर्दा कति नाफा वा घाटा भयो, ब्रोकरमा आफ्नो नेटवर्थ, लगानी रकमजस्ता विषयको जानकारी तुरुन्तै पाउने सकिने पोखराका शाखाका प्रमुख रेशम हमालले जानकारी दिनुभयो ।
यसैगरी कम्पनीले आफ्ना ग्राहकका लागि फ्रि मार्केट ओभरभ्यू, प्राविधिक विश्लेषण, चार्टिङ टुल्स, फण्डामेन्टल विश्लेषण टुल्स, फ्लोरसिट तथा ब्रोकर विश्लेशषजस्ता दर्जनौ सेवा सुविधा दिँदै आएको छ ।