पोखराको विशाल बचत सहकारीको सदस्य विस्तारित मञ्च भेला सम्पन्न

हिमाली आवाज । विशाल बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–४ ले संस्थाको बार्षिक कार्ययोजना अन्तरर्गत रहेको “सदस्य विस्तारित मञ्च“ भेला सम्पन्न गरेको छ ।

संस्थाको बास्तविक पूजी सदस्यहरुनै हुन भन्ने मनसायले संस्थाले विगत एक दशक भन्दा अगाडि देखि यस प्रकारको सदस्य केन्द्रित कार्यक्रमहरु नियमित सञ्चालन गर्दै आइरहेको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदीप ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सदस्य बिस्तारित मन्च कार्यक्रममा सदस्यहरुवाट लिखित एवंम मौखिक सुझावहरु संकलन गरेर संस्थालाई अझ बढी व्यवस्थित रुपमा सञ्चालन गरिने छ ।

संस्थाका अध्यक्ष शिव शर्माको अध्यक्षतामा संचालन भएको भेलामा जिल्ला सहकारी संघ लि कास्कीका अध्यक्ष दीपकराज बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले यस प्रकारको सदस्य केन्द्रित भेलाले सदस्यहरुलाई संस्थाको बास्तबिकता बताउने बताउनुभयो । उहाँले यसबाट सहकारी संस्थाहरु दिगो रुपमा संचालन भईरहने वाताबरण निर्माण हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्थाका प्रमुख व्यवस्थापक शिव प्रसाद भट्टाईले प्रस्तुत गर्नुभएको संस्थाको अर्धवार्षिक कारोबारको विबरण पर्श बिश्लेषणको रिपोर्ट लगायतका संस्थाको विविध पक्षहरुको बारेमा जानकारी सदस्य माझ गराउनु भएको थियो।

संस्थाका वरिष्ठ सल्लाकार गोविन्द प्रसाद ढकालले सहकारी ब्यवसायमा हाल देखिएका वर्तमान चुनौतीहरुको सामना गर्न संस्था सक्षम रहेको बताउनुभयो । उहाँले यस बिषयमा संस्थाले अझ विस्तृत रुपमा व्यवसायिक रणनीतिहरु अपनाउनु पर्ने बताउनुभयो।

संस्थाका उपाध्यक्ष एवंम कार्यक्रम संयोजक बालकृष्ण ढकालले भेलामा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कार्यक्रमको महत्व माथि प्रकाश पार्नु भएको थियो। संस्थाका सचिव प्रदिप कुमार मुल्मीले संचालन गर्नु भएको कार्यक्रममा महिला उप–समिती संयोजक एवंम संचालक ईउल कुमारी पाईजा पुनज्यूले सहकारीका सिद्धान्त वाचन गर्नुभएको थियो। संस्थाका संस्थापक अध्यक्ष भुवन नेमकूल, लेखा सुपरिवेक्षक समिति संयोजक रामकृष्ण दुवाडी आयोजक उपसमितिका सदस्य समेत गरी तीन सय सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

Comments
Loading...