पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको बर्चस्व

हिमाली आवाज । देशको पर्यटकीय राजधानी पोखरामा शनिबार सम्पन्न १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमाकेन्याली धावकहरुले बर्चस्व कायम गरेका छन् ।

भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको म्याराथन(४२.१९५ किमी)मा केन्याली धावक विल्सन चेरियुयिटले दुई घन्टा १७ मिनेट २४ सेकेण्डमा निर्धारित दौड पूरा गरी उपाधि जितेका हुन् ।

उनले उपाधि सहित नगद रु पाँच लाख पुरस्कार पाए । उनले यसअघि कायम रहेको केन्याली धावक जुलियस मुरियाली वाहोमले राखेको दुई घण्टा घण्टा १९ मिनेट ३६ सेकेण्डको रेकर्ड समेत तोडे ।

अघिल्लो संस्करणको उपाधि जितेका जुलियस दुई सेकेण्ड पछि पर्दै दुई घन्टा १७ मिनेट २६ सेकेण्डमा दौड पूरा गरी द्धितीय बने । उनले रु तीन लाख पुरस्कार पाए ।

अर्का केन्याली धावक ओनेसमस गिताउ जोरोगले दुई घन्टा १८ मिनेट २१ सेकेण्डमा पूरा गरी तृतीय बन्दै रु दुई लाख पुरस्कार पाएका छन् ।
म्याराथनतर्फ नेपाली धावक किरण सिंह बोगोटीले चौथो स्थान हात पारे । पाचौ स्थानमा नेपाली धावक निरोज भट्ट क्षेत्री आउँदा छैटौ स्थानमा रिखुलाल सिंह मगर, सातौं स्थानमा दिनेश सिंह बोगोटी र आठौं स्थानमा केन्याली धावक माइकल माथिया बन्न सफल रहे । उनीहरुले जनही क्रमश नगद रु ५०, २०, १५ र १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

गण्डकी प्रदेशतर्फको म्याराथनमा निरोज भट्ट क्षेत्री पहिलो बने । उनले दुई घन्टा ३८ मिनेट २२ सेकेण्डको समय लिए । त्यस्तै रिखुलाल मगर दोस्रो, दिनेश सिंह बोगोटी, तेस्रो, मिनराशी विक चौथो, अशोक बराम पाँचौ, सनम गुरूङ छैटौं र प्रितम गुरूङले आठौ स्थान प्राप्त गरे । उनीहरुले क्रमश जनही नगद रु ५०, ३०, २०, १५, ८, ६ र ४ हजार प्राप्त गरे ।

पुरुष २१ किमि हाफ म्याराथनमा केन्याली धावक जोन बान्सतराले एक घन्टा ०९ मिनेट ०७ सेकेण्डको समयमा दौड पूरा गरी पहिलो बने । उनले नगद रु ७५ हजार पुरस्कार पाए । नेपाली धावक सन्तोष विक्रम विष्ट एक घन्टा ९ मिनेट ५६ सेकेण्डमा दौड पूरा गरी द्धितीय बन्दै रु ५० हजार पुरस्कार पाएका छन् ।

यसैगरी महिला हाफ म्याराथन २१ किमी दौडमा नेपाली धाविका ओलम्पियन सन्तोषी श्रेष्ठले एकघन्टा २० मिनेट ०३ सेकेण्डमा दौड पूरा गर्दै च्याम्पियन बनिन् । उनको पोखरा म्याराथनमा लगातार दोस्रो जित हो । त्यस्तै केन्याली धाविका स्वारोन जोनोटिक एक घन्टा २१ मिनेट सात सेकेण्डको समय लिंदै दोस्रो हुँदा एक घन्टा २३ मिनेट ०८ सेकेण्डमा दौड पूरा गरी पुष्पा भण्डारी तेस्रो र आश्मा विक चौथो र द्रोपता कुमारी कठायतले पाँचौ स्थान हासिल गरिन् । उनीहरुले क्रमश जनही नगद रु एक लाख ५० हजार,रु एक लाख, रु ७५ हजार रु १५ हजार रु पाँच हजार पुरस्कार पाए । यस अघि पोखरा रंगशालाबाट सुरू भएको म्याराथनको उपप्र्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गर्नुभएको थियो ।

Comments
Loading...