हिमाली आवाज । नेकपा(माओवादी केन्द्र) कास्कीको इन्चार्जको जिम्मेवारी नेत्रनाथ अधिकारी(हिमाल)ले पाउनुभएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र महासचिव देव गुरुङले आज जारी गर्नुभएको अन्तर पार्टी निर्देशनमा अधिकारीलाई कास्की इन्चार्जको जिम्मेवारी तोकिएको हो ।

गत २१ माघमा बसेको केन्द्रीय कार्यालय (पदाधिकारी) बैठकले गरेको निर्णय आज (आइतबार) परिपत्रमार्फत नेता कार्यकर्तालाई पठाइएको छ ।
गण्डकी प्रदेशका पूर्वसभामुख समेत रहनुभएका अधिकारीले गत वर्ष केही समेत केही समय कास्की पार्टीको इन्चार्जको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ पार्टी केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।