बगैँचा टोल विकासद्धारा गुरुकुल विद्याश्रमलाई सहयोग

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ६ मा अवस्थित बगैँचा टोल विकास संस्थाले पोखरा महानगरपालिका वडा नं २३ स्थित सिद्ध बराह तपोवन सन्याय तथा गुरुकुल विद्याश्रममा अध्ययन गर्ने बटुकहरुलाई माघ महिनाको भीम द्धादशी तिथि पारेर छात्रहरुलाई भोजन गराएको छ ।

विद्याश्रममा अध्ययनरत १५ जनालाई खाना सहित नगद रु २४ हजार सहयोग गरेका हुन् । कार्यक्रममा सिद्धबराह तपोवन सन्यास आश्रमका उपाध्यक्ष भेषराज पराजुली, प्रधानाध्यापक हरिलाल पौडेल लगायतले भनाई राख्नुभएको थियो ।पोखरा महानगरपालिका वडा नं ६ का वडासदस्य वासु बरालले संस्थाको कार्यप्रति प्रशंसा व्यक्त गर्नुभयो ।

टोल विकास संथाका अध्यक्ष मीना ढकालले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्ने गरिएकामा यस वर्ष माघ महिनाको अवसर पारेर गुरुकुलका बटुकहरुलाई सहयोग गर्न पाएको खुशी व्यक्त गर्नुभयो ।

सचिव रेणु लामिछानेले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई आगामी वर्ष समेत निरन्तरता दिइने जानकारी दिनुभयो । संस्थाका सल्लाहकार नेत्रलाल भण्डारीले संस्थाले वडा नं ६ रहेर वडावासीको हितका लागि कार्य गरेको बताउनुभयो । कार्यक्रमका टोल विकास संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Comments
Loading...