पोखरा भ्रमण वर्ष घोषणाको तयारीमा महानगर

हिमाली आवाज । देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्राउने लक्ष्य सहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ ।पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फागुन ३ गते पोखराको प्रदर्शनी केन्द्रबाट गर्ने गरी पोखरा महानगरपालिकाले तयारी गरेको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

घोषणा समारोहको तयारीका लागि नगर प्रमुख आचार्यको संयोजकत्वमा एक हजार ५० सदस्यीय मुलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा एक निर्देशक समिति र पर्यटन क्षेत्रको प्रतिनिधित्वमा कार्यसम्पादन समिति सहित ४३ वटा उपसमितिहरू गठन गरिएका छन् ।
यी समिति तथा उपसमितिहरूमा पोखरा महानगर क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरू, चार वटै सुरक्षा निकाय, उद्योगी व्यवसायी, सूचना तथा सञ्चार क्षेत्र, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय टोल विकास संस्थाहरू, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरू लगायतको प्रतिनिधित्व रहेको छ ।

“हामी भव्य रुपमा पोखरा भ्रमण वर्ष घोषणाको तयारीका लागि जुटेका छौँ । सबैसँग सल्लाह र छलफल गरिरहेका छौँ । भ्रमण वर्ष सफल बनाउनका लागि विभिन्न देशका राजदुतहरुको समेत सहभागिता रहने छ।” आचार्यले भन्नुभयो ।भ्रमण वर्षका अवसरमा विदेशमा पोखराको प्रवद्र्धन गर्ने गरी सद्भावना दूतहरू समेत घोषणा गर्ने तयारी गरिएको छ ।

वर्ष भरी पोखराको पर्यटन प्रवद्र्धनात्मक गतिविधिहरू सञ्चालन गरिने छन् । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त पहलमा महानगरका ३३ वटै वडाहरूबाट स्थानीय भेषभुषा सहित वृहत झाँकी ¥याली निकालिने छ ।

पोखरा महानगर र गण्डकी प्रदेश सरकारको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना हुने र उक्त कार्यक्रम पूर्व पोखराको ३३ वटै वडाको प्रतिनिधित्व हुने गरी झांकी तथा ¥यालीको आयोजना हुने प्रमुख आचार्यले बताउनुभयो । यसैगरी पर्यटनको क्षेत्रबाट एक वटा ब्यानर सहित झांकी तथा र्यालीको आयोजना गरिने छ ।

पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पोखरा भ्रमण वर्षले पर्यटनको क्षेत्रमा राम्रो हुने वताउदै त्यसलाई सफल बनाउनका लागि पर्यटन संग सम्बद्ध संघ संस्थाहरुले सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

Comments
Loading...