नेकपा(एकीकृत समाजवादी) गण्डकीको अधिवेशन पोखरामा, तयारी पूरा

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । पोखरामा यही माघ २६ र २७ गते हुन लागेको प्रथम गण्डकी प्रदेश अधिवेसनको तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनको पार्टीका अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गर्नुहुनेछ ।

अधिवेशनमा प्रदेशका ११ जिल्लावाट ४५० जना प्रतिनिधिहरुको सहभागि हुनेछन् । ५० पार्टी सदस्य वरावर १ जना प्रतिनिधि चयन भएका र प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन भएका जनाइएको छ । यसरी प्रतिनिधि चयन गर्दा महिला, उत्पिडित र मजदूर क्षेत्रको प्रतिनिधित्वलाई सुनिस्चित गर्न प्रत्येक संघीय निर्वाचन क्षेत्रवाट ३ प्रतिनिधि छानिदा १ महिला अनिवार्य र ५ प्रतिनिधि छानिदा १ जना उत्पीडित समूदायवाट अनिवार्य गरिएको थियो ।

यससंगै प्रत्येक जिल्लावाट एकजना मजदुर अनिवार्य रुपमा छानिएको छ । यस अलावा विभिन्न जनसंगठनको प्रदेश कमिटीलाई पनि निर्वाचन क्षेत्र मानि प्रतिनिधि चयन भएका छन् । प्रतिनिधिका अलावा ५० जना स्वयमसेवक र आयोजक गरि प्रदेश अधिवेसनमा ६०० जनाको सहभागिता हुने जानकारी दिइएको छ ।

अधिवेशन सम्पन्न गर्न मुल आयोजक समितिसहित विभिन्न १२ वटा उपसमितिले तयारी पूरा गरेर अब कार्यक्रम उद्घाटनको क्षेत्रको प्रतिक्षा गरिरहेको अध्यक्ष बरालले जानकारी दिनुभयो । पत्रकार भेटघाट कार्यक्रममा नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अधिवेशनको प्रचार प्रसार उप समितका संयोजक नवराज सुवेदी, पूर्वमन्त्री एवं एकीकृत समाजवादीका नेता तुलबहादुर गुरूङ, पोलिट्व्युरो सदस्य दिलुकुमारी पन्त र एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रदेश कमिटीका सचिव कृष्ण नेपाली लगायतले अधिवेशनको बारेमा जानकारी दिनुभएको थियो ।
अधिवेशनले आगामी कार्यकालका लागि अध्यक्ष, दुई उपाध्यक्ष, सचिव र ३ सहसचिव रहेको पदाधिकारीसहित भूगोल र विभिन्न क्षेत्रको सहभागिता रहेको १४३ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ ।

Comments
Loading...