आहा ! रारा पोखरा गोल्डकप : एनआरटीलाई हराउँदै चर्च व्वाइज क्वाटरफाइनलमा

हिमाली आवाज । चर्च व्वाइज फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज भएको प्रतिस्पर्धात्मक खेलमा सडन डेथमा एनआरटी फुटबल क्लबलाई हराउँदै चर्च व्वाइजले अन्तिम आठको यात्रा तय गरेको हो ।
एनआरटी र चर्च व्वाइज पोखरामा पहिलो पटक प्रतिस्पर्धा गरेका हुन् । पहिलो हाफमा एक गोलले पछि परेको चर्चले दोस्रो हाफमा गोल फर्काउँदै खेल बराबरी गर्न सफल भएको थियो ।

एनआरटीले खेलको २५ औं मिनेटमा रिचार्ड विल्सनको गोलबाट अग्रता लियो । तर खेलको ६४ औँ मिनेटमा एनआरटीका नरेन चौधरीले मनिष जर्गामगरलाई पेनाल्टी बक्समा लडाएपछि चर्चले पेनाल्टी पायो । नविन लामाले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भएका थिए ।
निर्धारित समय र अतिरिक्त समयको खेल १÷१ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा चर्च ब्वाईजका गोलकिपर टिकेन्द्रसिंह थापा, अकिन्स बाफोर,प्रशान्त लक्सम, नविन लामा,अबायोमी र मिलन राईको प्रहार सदुपयोग हुदाँ सकल रेग्मी र राज भुषालको प्रहार खेर गएको थियो ।

एनआरटीका गोलकिपर विशाल सुनार, अन्जन विष्ट, सुमित श्रेष्ठ, जय गुरुङ र रवि लोप्चनको पेनाल्टी गोलमा परिणत भयो । रिचार्ड विल्सन, जन्मदेव धामी र मिचेल मगरको प्रहार खेर गएको थियो ।चौविसौँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले नगद रु १२ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रु छ लाखसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइकर र प्रशिक्षकले रु २५ हजार नगद सगै ट्रफ्री पुरस्कार पाउँदा फेएर प्लेको रूपमा एक टोलीलाई पुरस्कृत गरिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीेले जानकारी दिनुभयो ।

Comments
Loading...