टोल विकास संस्थालाई डष्टविन र कम्पोष्ट मल विन वितरण

गणेश पहारी पोखरा,२२ माघ । पोखराको बैदाममा अवस्थित बगैँचा टोल विकास संस्थालाई डष्टविन र कम्पोष्ट मल विन वितरण गरिएको छ ।
कोइका र युएनडिपीको आर्थिक सहयोगमा ६०÷६० थान सो सामग्री प्रदान गरिएको छ । सो अवसरमा मल बनाउनका लागि आवश्यक केमिकल समेत प्रदान गरिएको हो ।

पोखरा महानगरपालिकाको आयोजनामा तथा ग्रिन वेष्ट म्यानेजमेन्टको सहजीकरण र बगैँचा टोल विकास संस्थाको सहकार्यमा टोल विकास संस्थाका सदस्यहरुलाई सो सामग्री प्रदान गरिएको हो ।

ग्रिन वेष्ट म्यानेजमेन्टका प्रशिक्षक कुशल घिमिरे र सुदीप गुरुङले कम्पोष्ट मल बनाउने तरिका र दिगो फोहर व्यवस्थापनका बारेमा टोल विकास संस्थाका सदस्यहरुलाई सिकाउनुभएको थियो । प्रशिक्षक घिमिरेले महानगरका ३३ वटै वडाका सक्रिय टोल विकासहरुलाई सहयोग गरिने बताउनुभयो ।

पोखरा महानगरपालिकाको वडा नं ६ मा रहेका सक्रिय टोल विकास संस्थाहरु मध्ये सक्रिय पाँच वटालाई प्रदान गर्ने योजना अनुसार बगैँचा टोल विकासलाई प्रदान गरिएको पोखरा वडा नं ६ का वडा सदस्य वासु बरालले जानकारी दिनुभयो ।

कार्यक्रममा बगैँचा टोल विकास संस्थाका अध्यक्ष मीना ढकालले संस्थाले सदस्यहरुका लागि विभिन्न कार्यक्रमहरु ल्याउने गरेको बताउनुभयो । सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका निर्वतमान अध्यक्ष एवं संस्थाका सल्लाहकार नेत्र भण्डारीले डष्टविन वितरण कार्यले सफा टोल बनाउन सहयोग पुग्ने बताउनुभयो ।

अन्नपूर्ण आमा समूहका अध्यक्ष रेणु लामिछानेले टोल विकासले सदस्यहरुलाई विभिन्न तालिमहरु दिएको स्मरण गर्दै घरबाट निस्कने फोहरलाई कम्पोष्ट मल बनाई आय आर्यजनको स्रोत बनाउनुपर्ने बताउनुभयो ।

Comments
Loading...