हिमाली आवाज । विश्व सिमसार दिवसको सन्दर्भ पारेर पोखराको फेवातालमा माछाका भुरा छाडिएको छ । पोखरा महानगर पालिका वडा नं–६ को आर्थिक सहयोग र हर्पन फेवा मत्स्य सहकारी संस्थाको को आयोजनामा फेवा तालमा २५ हजार माछाका भुरा आइतबार छाडिएको छ ।
स्थानिय जलारी समुदायको आयआर्जनमा सघाउ पु¥याउदै फेवातालको पर्यवारणीय सन्तुलन बढाउनका लागि पोखरा महानगरपालिका–६ को वडा स्तरीय बजेटबाट रु १ लाख ५० हजार रुपैयाका माछाका भुरा खरिद गरि तालमा छाडिएको वडा सदस्य बासु बरालले जानकारी दिनुभयो । स्थानिय जातका सिल्भर कार्प, विगहेड, ग्रास कार्प, रहु, र नैनी माछाका भुरा तालमा छाडिएको हो ।
कार्यक्रमका अतिथि एवंम पोखरा महानगर पालिका वडा नं–६का अध्यक्ष विष्णुबहादुर भट्टराईले पर्यवरणीय संन्तुलनका साथै फेवाताललाई जिवन्त तुल्याउँदै स्थानीय जलारी समुदायको पेशाको समेत संरक्षण गर्न वडाको तर्फबाट सहयोग गरिएको बताए । अध्यक्ष भट्टराईल फेवा ताललाई प्रदुशण मुक्त बनाइ तालमा पाइने माछालाई ब्राण्डिङ गर्नु पर्ने बताउनु भयो । बर्षेनी वडाको बजेट मार्फत माछाका भुरा छोडदै आएको स्मरण गर्दै ताल सगँ आर्शित जलारी समुदाएको पेशालाई संरक्षण गर्ने वडा कार्यालय लागि परेको सुनाउनु भयो ।
हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञान बहादुर जलारीले जलारी समुदायको लागि आज धान रोपाईंको दिन अषार १५ भएको बताउनु भयो । उनले वडा नम्बर– ६ बाट भुरा छोड्ने कामलाई बडाले बार्षिक क्यालेन्डरको रुपमा राखेकोमा खुसी लागेको भन्नु भयो । जलारी समुदायको जीवन आर्थिक रूपमा सबल बनाउनका लागि ताल र सिमसार क्षेत्रको संरक्षका लागि ३ वटै सरकारलाई सहयोग गर्ने आग्रह गर्नु भयो ।
कार्यक्रममा हर्पन फेवा मत्स्य सहकारी संस्थाका उपाध्यक्ष राजु जलारी, पोखरा महानगर पालिका वडा नं–६का वडा सदस्यहरु पवित्रा थापा र शोभा जलारी लगाएतले आफ्ना भनाइ राखेका थिए । सो अवसरमा स्थानीय जलारी समुदाय, आमा समूह र स्थानीयहरुकोे उपस्थिति रहेको थियो ।