हिमाली आवाज । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति कास्की पोखराको अध्यक्षमा मौसम कार्की निर्वाचित हुनुभएको छ ।
सो संस्थाको बुधबार सम्पन्न नवौँ अधिवेशनबाट कार्की अध्यक्षमा निर्वाचित हुनुभएको छ । एशोसिएसनको उपाध्यक्षमा झलकबहादुर कुँबर, सचिव लिला गिरी, कोषाध्यक्ष नरेश तिवारी, सहसचिव सुवाशचन्द्र वास्तोला र सहकोषाध्यक्षमा विष्णुप्रसाद पौडेल निर्वाचित हुनुभयो । एशोसिएसनको नयाँ नेतृत्वका लागि अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदमा चुनाव भएको थियो ।
यसैगरी सदस्यहरुमा समिक्षा भुगाई लामिछाने, रामचन्द्र थापा, सावित्री आले, कृष्णप्रसाद पौडेल, हेमराज बराल, कृष्णप्रसाद दाहाल र सूर्यप्रसाद वस्ताकोटी रहनुभएको छ ।
नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन कास्की पोखरा इकाईको अधिवेशन तथा साधारणसभाको कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश चन्द्र कान्त पौडेलले उद्घाटन गर्नुभएको थियो । इकाईका अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा एसोसिएसन केन्दिय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष गोविन्द प्रसाद पोखरेल , केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक सरोज देवकोटा ,केन्द्रीय सचिव हरि प्रसाद शर्म,केन्द्रिय महिला बिभाग प्रमुख माया देबि सोति लगायतलको उपस्थिति रहेको थियो ।