हिमाली आवाज । पृथ्वी होटल व्यवसायी समिति पोखराले आफ्नो १६ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा समितिले स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मा रहेको अमोर बालगृहलाई खाद्यान्न लगायतका सामग्री सहयोग गरेको छ । समितिका अध्यक्ष अमृत घिमिरेले बालगृहका सञ्चालक कमला पराजुलीलाई सो सहयोग सामग्री हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा समितिका पूर्व अध्यक्ष एवं सल्लाहाकार कमल न्यौपाने, होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सदस्य सुनिता पन्त पौडेल, निर्वतमान अध्यक्ष बालृकष्ण न्यूरे, सल्लाहाकार महेश ज्ञवाली, प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डे, समितिका सदस्य लगायतको सहभागिता रहेको थियो ।