हिमाली आवाज । प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवसका अवसरमा आज पोखरामा प्रभातफेरी तथा स्वास्थ्य परिक्षण शिविर आयोजना गरिएको छ ।
प्रेस सेन्टर गण्डकी प्रदेश समिति, कास्की शाखार पोखरा महानगर समितिले संयुक्त रुपमा कार्यक्रम गरेका हुन्। पोखराको मानव अधिकार चोक बाट सुरु भएको प्रभातफेरी पोखरा सभागृहमा पुगेर समापन भएको थियो । उक्त कार्यक्रममा बोल्दै नेकपा माओेबादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले विगतको ईतिहासलाई स्मरण गर्दै २१ बर्ष अघि गठन भएको प्रेस सेन्टरले अब समाजबादी यात्रामा शसक्त्त रुपमा कलम चलाउन आग्रह गर्नु भयो ।
स्वास्थ्य परिक्षणको समेत उद्घाटन गर्दै उहाँले जनताको पक्ष र आवाज विहिनहरुको आवाज बुलन्द पार्न पत्रकारहरुलाई सुझाव दिनुभयो । प्रेस सेन्टरका केन्द्रिय सचिव माधव पनेरू, फ्याक्सन ईन्चार्ज एवं माओवादी केन्द्र कास्की संयोजक विश्वप्रकास लामिछाने, प्रेस सेन्टर गण्डकीका उपाध्यक्ष घनश्याम पाण्डे, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बराल लगायतले श्रमजीवी पत्रकारहरुको हकहितको लागि सबै पत्रकारका संघ संगठनहरु एक हुनु पर्नेमा जोड दिनु भयो ।
प्रभातफेरी पश्चात सभा गृहमा प्रगतीशिल जनस्वास्थ्यकर्मी महासंघ कास्कीको आयोजनामा सुगर, प्रेसर र सामान्य स्वास्थ्य परिक्षण गरिएको महासंघ कास्कीका अध्यक्ष बिष्णुराज घिमिरले बताउनु भयो । घिमिरे सहितको टीमले ५३ जनाको स्वास्थ्य परिक्षण गरेको प्रेस सेन्टर कास्कीका सचिब सरोज अधिकारिले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारी, महासचिब प्रकाश ढकाल, समाजबादी प्रेस संगठनका नेता गोविन्द सुवेदी, अग्रज पत्रकार सहित विभिन्न संघ संगठनका व्यत्तिहरूको सहभागिता रहेको थियो । प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागि सबै संघ संगठनका व्यत्ति तथा सहभागि सन्चारकर्मी एवं स्वास्थकर्मीलाई प्रेस सेन्टर पोखरा महानगरपालिकाका अध्यक्ष हुम गुरुङले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।