युएनभि बन्यो क्यान इन्फोटेक पोखराको टाइटल स्पोन्सर

हिमाली आवाज । क्यान महासंघ कास्कीको आयोजनामा पोखरामा हुने १२औं क्यान इन्फोटेक, २०२५ को टाइटल स्पोन्सर युएनभि बनेको छ । माघ १० गतेदेखि पोखरा प्रदर्शनी केन्द्रमा हुने क्यान इन्फोटेकमा UNV by Eagle Tech Nepal ले टाइटल स्पोन्सर गरी क्यान कास्कीसँग सहकार्य गरेको छ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा प्रदर्शनी केन्द्रमा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलामा क्यान महासंघ कास्कीको समेत सह आयोजक रही १२औं क्यान इन्फोटेक हुन लागेको क्यान कास्की सचिव दामोदर डुम्रेले जानकारी दिनुभयो ।

युएनभि विश्व प्रसिद्ध डिजिटल सेक्युरिटी उत्पादक कम्पनी हो भने नेपालको लागि आधिकारिक वितरक इगल टेक नेपाल रहेको छ। यसले नेपालभर २०० भन्दा बढी डिलर नेटवर्कमार्फत अत्याधुनिक डिजिटल सुरक्षा र अफिस अटोमेसन सामग्रीहरूको बिक्री वितरण गरिरहेको छ। यसमा सीसीटीभी क्यामेरा, मोनिटर, स्टोरेज डिभाइस जस्ता उत्पादहरू समावेश छन् ।  जसले राति पनि स्पष्ट दृश्य प्रदान गर्न सक्छ। थप रूपमा, स्मार्ट बोर्ड, नेटवर्क उपकरण, एनालग क्यामेरा, एत्श् क्यामेरा, थर्मल क्यामेरा, बुलेट र टुरेट सिरीज, इन्टेलिजेन्ट ट्राफिक समाधान, भिडियो रेकर्डर, स्टोरेज, एक्सेस कन्ट्रोल, र स्पीड गेट्सजस्ता अत्याधुनिक समाधानहरू पनि उपलब्ध गराउँदै आएको ग्ल्ख् का नेशनल सेल्स म्यानेजर सर्दक अधिकारीले जानकारी दिनुभयो ।

सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थालगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको उत्पादन तथा प्रदर्शनसहित प्रत्यक्ष सहभागिता रहने क्यान महासंघ कास्कीले जनाएको छ।

क्यान महासंघ कास्कीका अध्यक्ष पुरूषोत्तम कुँबरले प्रदर्शनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरूका लागि यस क्षेत्रमा भएका नवीनतम विकास र प्रविधिको प्रयोगका बारेमा जानकारी हासिल गर्ने विशेष थलो बन्ने विश्वास व्यक्त गर्नुभयो ।

क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकको आवश्यकता बुझ्ने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने, र ग्राहकसँग आपसी सम्बन्ध प्रगाढ बनाउने एक अभूतपूर्व अवसर प्रदान गर्ने कुँबरले बताउनुभयो ।

प्रदर्शनीमा व्यवसायीहरूले व्यापार र विस्तारका साथै नवीनतम प्रविधिको प्रदर्शन गर्नेछन्। राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिषदमा आयोजना हुने १२औं क्यान इन्फोटेकमा अवलोकनकर्ताले सूचना तथा सञ्चार प्रविधिसम्बन्धी विभिन्न प्रदर्शनी तथा स्टलहरूको अवलोकन गर्न पाउनेछन्।

Comments
Loading...