गणेश पहारी ⁄ हिमाली आवाज । पोखरा महानगर पालिका वडा नं–६ मा स्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले १६औं वार्षिकोत्सव ज्येष्ठ नागरिकहरुलाई सहयोग गरि मनाएको छ ।
सहकारीले पोखरा महानगर पालिका वडा नं–६मा स्थित शुभकामना जेष्ठ नागरिक पार्क लाई १ लाख रुपैयाँ बराबरको भान्सामा प्रयोग गरिने किचन सामाग्री बितरण गरेको छ । उक्त सामाग्री संस्थाका अध्यक्ष सूर्यनाथ पहारीले ज्येष्ठ नागरिक पार्क परिवार लाई सोमबार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा पोखरा महानगर पालिका वडा नं–६ वडा सदस्य बासुदेव बरालले ज्येष्ठ नागरिकहरूका लागि आवश्यक सेवा, सुविधा प्रदान गर्न वडा कार्यालय लागि परेको बताउनुभयो । उहाँले अधिकारको संरक्षण र सम्वद्र्धन गरि उनीहरूमा भएको अनुभव, सीप, ज्ञान र क्षमतालाई लाई विकासको राष्ट्रिय मूल प्रवाहमा समाहित गदै योजनावद्ध ढङ्गले लाग्न सरकारलाई आग्रह गर्नुभयो । ज्येष्ठ नागरिकहरूले परिवारमा पाउने सेवा, सुविधा एवं सम्मानमा क्रमश ह्रास हराउँदै गएको छ । यस अवस्थालाई अझ खस्किन नदिन, सामाजिक संस्कार र मान्यतालाई कायम राख्न आज हाम्रो लागि चुनौती बनेकोमा चिन्ता जनाउनुभयो ।
अध्यक्ष सूर्यनाथ पहारीले सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कामहरू गरेको स्मरण गर्दै, ज्येष्ठ नागरिकहरूको हकहित संरक्षण गरि उनिहरूलाई समाजमा उचित र यथोचित ढङ्गले सम्मान दिनु आवश्यक रहेको बताउनुभयो । । संस्थाले समुदायका ज्येष्ठ नागरिकलाई सहयोग गरेर संस्थाको वार्षिकोत्सव मनाउँदा आत्मसन्तुष्टि मिलेको उहाँको भनाई छ । कार्यक्रममा नागरिक समाजका कास्कीका पूर्व संयोजक विष्णुहरि अधिकारी, सहकारीका उपाध्यक्ष सुन्दरराज पहारी, सचिव कुष्ण कुमारी पौडेल, ज्येष्ठ नागरिक सदस्य लोकराज पहारी र पार्क उपाध्यक्ष कुन्ता अधिकारी लगायतले ज्येष्ठ नागरिकहरूले परिवारमा पाउने सेवा, सुविधा एवं सम्मानमा ह्रास हाउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो ।
ज्येष्ठ नागरिक पार्क परिवारले संस्थालाई माया गरेर आज यहाँसम्म पु¥याउनु हुने सबैलाई धन्यबाद व्यक्त गर्दै, आउँदा दिनहरूमा पनि सहयोगी हातहरू लिएर आउन आग्रह गरेका थिए ।