हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं. १५ मा आयोजित वडा खेलकुद महोत्सव अन्तर्गत महिला ब्याडमिन्टन सिङ्गलतर्फ मितेरी आमा समूहकी चन्द्रा छन्त्यालले उपाधि जित्नुभएको छ । त्यसैगरी जनजागृति आमा समूह की गङ्गा नापित द्वितीय, स्यानीपाटन आमा समूहकी सिर्जना गुरुङ र आदर्श आमा समूहकी छोमाया पुन तृतीय बन्नुभयो । महिला ब्याडमिन्टन डबलतर्फ बेलबोट आमा समूहका सुधा थापा र जिमाया रानाको जोडीले उपाधि जितेको छ ।
मितेरी आमा समूहका चन्द्रा छन्त्याल र सिर्सा केसीको जोडी द्धितीय बन्न सफल भयो । संगम टोल महिला समूहका लक्ष्मी लामा र पुष्पा कुमारी पुनको जोडी र एकता आमा समूहका शुसिला पुर्जा पुन र लाल कुमारी खावको जोडी तृतीय बन्नुभयो ।
पुरूष ब्याडमिन्टन सिङ्गल तल्लो नयाँ गाउँ टोल विकास संस्थाका तोरन गुरुङले उपाधि जिते । तल्लो सिमलबोट टोल विकास संस्थाका युवराज गुरुङ दोस्रो तथा कोलपाटन टोल विकास संस्थाका किरण आले र चन्द्र सूर्य क्लबका किस्मत गुरुङ तेस्रो बन्नुभयो ।
पुरूष ब्याडमिन्टन डबलमा तल्लो सिमलबोट टोल विकास संस्थाका युवराज गुरुङ र प्रकाश गुरुङको टोली प्रथम, चन्द्र सूर्य क्लबका खुम बहादुर गुरुङ र मनि प्रसाद गुरुङ द्वितीय, चार भाइ युवा क्लब कृष्ण कुमार गुरुङ र पूर्ण बहादुर जैसी तथा कोलपाटन टोल विकास समितिका किरण आले र अम बहादुर खोरजा तृतीय बन्नुभएको आयोजकले जनाएको छ ।
‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ खेलकुद महोत्सव आयोजना गरिएको हो । बिद्यालय स्तरीय छात्रछात्रा सडक दौड, महिला तथा पुरुष सडक दौड, विद्यालय स्तरीय साइक्लिङ, विद्यालय स्तरीय छात्रछात्रा युनी हक्की सहित फुटबल र भलिबल प्रतियोगिता भएका थिए । महोत्सव माघ २ गतेबाट सुरु भएकामा आज समापन भएको हो ।