पोखरामा लाईसेन्स ट्रायल थप सहज :सुजुकीको अल्टो र हिरोहोण्डाको प्रयोग गरिने

हिमाली आवाज । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्की पोखरा देश भरकै व्यस्त एवं निरन्तर ट्रायल हुने र राजस्व सङ्कलन हुने कार्यालयमा पर्दछ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा ट्रायल दिँदा मोटरसाइकल तथा स्कुटरको ट्रायलका साधन निःशुल्क र कार, जिप, डेलिभरी भ्यान, मिनिबस, मिनी ट्रक, बस ट्रक लहरी, ट्याक्टर, पावर टेलर न्यूनतम मूल्यमा ट्रायल दिने साधनहरू देश भर कै सस्तो र स्तरीय रहेको कार्यालयले जनाएको छ ।

युरो मापदण्डका नयाँ मोडलका गाडीहरू ट्रायलमा राखिएका छन् । पावर स्टेरिङ, एसी, पावर विन्डोज, एबिएस एन्ड ई बिडी सिस्टम, एयर ब्याग, ग्राउन्ड किलियरेन्स,ब्याक सेन्सर लगायतका विशेषता भएका गाडीहरू ट्रायलमा राखिएका हुन् । पोखरामा ट्रायल परीक्षाका लागि सवारीसाधन व्यवस्थापन गरेको सनराईज ड्राईभिङ्ग स्कुलले अबदेख िमारुती कम्पनीको अल्टो कार र मोटरसाकलमा हिरो सुपर स्प्लेन्डर , हिरो जुम,डिओ स्कुटर, टिभिएस एनट्रक स्कुटर र रेडियन मोटरसाईकल लगायतका साधन बाट ट्रायल दिन र तिनै साधन बाट सिक्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।

सनराईज ड्राइभिङ स्कुलका अध्यक्ष वसन्त भट्टचनले सनराईजकोे पोखरामा अबस्थित नयाँबजार, रंगशाला गेट अगाडी, फुलवारी र बिरौटा शाखामा यि साधनहरू उपलब्ध हुने भट्टचनले जानकारी दिनुभयो ।नयाँ प्रबिधि भएका र नयाँ मोडलका सवारीसाधन आवश्यक भए पनि हालसम्म पुरानै सवारीसाधनले परीक्षा दिनुपर्दा सेवाग्राहीका लागि असहज हुने, धेरै फेल हुने अवस्था रहेकोमा आफूहरूले सो कुराको मध्यनजर गर्दे नयाँ सवारीसाधनको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

अल्टो के टेन गाडीको टर्निङ्ग क्षमता र वाइड स्पेस पनि यसअघि प्रयोग भएका सवारी साधन भन्दा कम भएका कारण ट्रायलमा थप सहज हुने बताइन्छ । यसअघि वाइड स्पेस १५ सय ६० रहेको सवारी प्रयोग भएको थियो भने अब देखि १४ सय ९० भएको सवारी प्रयोग हुनेछ । त्यसैसरि टर्निङ्ग रेडियुस पनि अल्टोको कम रहेको सुजुकी शो रुम पोखराका प्रमुख नवराज अधिकारीले जानकारी बताउनुभयो । उहाँका अनुसार यसबाट परिक्षार्थीलाई सहज हुनेछ ।

त्यसैगरि नयाँ मोडलका मोटरसाईकल प्रयोग भएपछि दुईपाङ्गे सवारीको लाईसेन्स लिन पनि अझ सहज हुने सिजि मोटर्स प्रा.लि. गण्डकी शाखा प्रमुख रन्जन तिमिल्सीनाले जानकारी दिनुभयो । गण्डकी प्रदेशको राजधानी पोखरामा सवारीसाधनको ट्रायल दिँदा मोटरसाइकल तथा स्कुटरका लागि निःशुल्क र कार, जिप, डेलिभरी भ्यान, मिनिबस, मिनी ट्रक, बस ट्रक लहरी, ट्याक्टर, पावर टेलर न्यूनतम मूल्यमा ट्रायल दिन पाईने व्यवस्था गरिएको छ ।

Comments
Loading...