इजरायल र हमासबीच १५ महिनापछि गाजामा युद्धविरामको सम्झौता

हिमाली आवाज । इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने सहमति भएको छ। युद्धविराम र बन्धक बनाइएकाहरूको रिहाइका लागि सम्झौता भएको छ।

नेपाली विद्यार्थी विपिन जोशीसमेत हमासको बन्धक बनेका छन् । यो सम्झौतासँगै विपिनको रिहाइको पनि बाटो खुलेको छ। इजरायल र हमासबीचको यो सम्झौता कतारमा अन्तिम रूप दिइएको छ। कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको सोमबारदेखि लगातारको प्रयत्न बुधबार राति सफल भएको बताइन्छ ।

सम्झौताको औपचारिक रूपमा घोषणा भने गरिएको छैन। यो सम्झौताले लाखौं विस्थापित गाजाहरूलाई घर फर्कन अनुमति दिनेछ भने बन्धकहरूको रिहाइको सुनिश्चितता गरेको छ।

गाजामा हमास र इजरायलबीच अक्टोबर ७, २०२३ देखि युद्ध चलिरहेको छ। हमासले अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा २५१ जनालाई बन्धक बनाएको थियो। जवाफमा इजरायलले हमासविरुद्ध गाजामा सैन्य आक्रमण सुरु गर्दा युद्ध जारी रहेको हो।

Comments
Loading...