हिमाली आवाज । पोखरा महानगरपालिका–१६ दिपहाउजिङ नजिकै रहेको सेती नदीको ड्यामबाट खसेका २१ वर्षीय युवा मृत अवस्थामा भेटिएका छन् ।
मृत्यु हुनेमा कैलाली जिल्ला धनगढी स्थायी घर भई पश्चिममाञ्चल ईन्जिनियरिङ कलेज लामाचौरमा अध्ययनरत पोखरा–१९ लामाचौरमा डेरा गरी बस्ने वर्ष २१ का संगम पौडेल हुन् ।
बुधबार साँझ ७ बजेर २० मिनेट जाँदा सेतीको ड्याममा मान्छे खसेको सूचना आएपछि सशस्त्र प्रहरी बल, कालीका गण कास्कीबाट उद्धार टोली खटिएको थियो ।
४ जना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन टोलीले उनको शव निकाली पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल लगिएको कालिका गणका सूचना अधिकारी डीएसपी राजनलाल श्रेष्ठले जानकारी दिनुभयो ।