लेखनाथ महोत्सवको आकर्षण बन्दै हाजिरी जवाफ प्रतियोगिता

हिमाली आवाज । कास्कीको लेखनाथमा जारी २० औ संस्करणको लेखनाथ महोत्सवमा आमा तथा महिला समुह विच हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ ।

प्रतियोगितामा सोधिने महिला हक, अधिकार, कानुनका र समसामयिक प्रश्नमा उनीहरुको जवाफले माहोल निकै रोचक बन्ने गरेको छ । कुनै बेला आउने अप्रत्यासित जवाफ र झटारो जवाफले कार्यक्रम झनै रोचक बनेको हो ।

घरमा आफना बाबु नानीहरुको गृहकार्य सिकाउन ब्यस्त हुने आमाहरु अहिले महोत्सवमा आयोजित आमा तथा महिला समुहका विचको हाजिरी जवाफ प्रतियोगितामा सहभागि भएर साँझ विहान त्यसको तयारीमा समेत जुट्ने गरेका छन ।

महिलाहरुलाई गीत संगित र रत्यौलीमा मात्र सिमित नराखी उनिहरुमा रहेको अन्र्तनिहित क्षमताको विकास गराउदै र मौलिक ज्ञानका बारेमा जानकारी गराउने उदेश्यले पहिलो पटक अन्तर महिला तथा आमा समुहकाविच हाजिर जवाफ प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता ब्यवस्थापन उप समितिकी संयोजक प्रभाकुमारी लामिछानेले बताउनुभयो । “प्रतियोगिताबाट आमा÷महिलाहरुमा पनि समसामयिक विषयको जानकारी हुँदो रहेछ भन्ने देखियो, सवाल जवाफको प्रतियोगितामा महिला मित्रहरुले खुलेर सहभागि जनाउनु भयो यो नै हाम्रो लागि गर्वको विषय हो ।”लामिछानेले भन्नुयो ।

प्रतियोगितामा ३२ टिमले सहभागिता जनाएका छन् । सहभागी समुह मध्येबाट प्रत्येक दिन चार समुहका विच प्रतिस्पर्धा गरि आठ समुहलाई सेमि फाईनलमा प्रवेश गराउने गरि प्रतियोगिता संचालन भईरहेको छ ।

सहभागी समुहहरुलाई विषयगत प्रश्न देखि महिलाहरुको दैनिकी दिनचर्याका विषय वस्तु देखी धर्म,संस्कृती, साहित्य, स्थानिय निकाय, स्थानिाय सेरोफेरो र लेखनाथ उद्योग बाणिज्य संघ सम्वन्धित प्रश्न तयार गरिएको छ भने अहिलेसम्म २४ समुहका बिच प्रतिश्पर्धा भईसकेको छ ।

प्रतियोगिताबाट सेमिफाईनलमा प्रवेश गरेका आठ समुहका बिच हुने फाईन चरणको प्रतिश्पर्धा हुने छ भने प्रतियोगितामा प्रथम हुने समुहले नगद रु २५ हजार, द्धितिय ह्ने समुहले २० हजार, तृतिय हुने समुहले १५ हजार र सान्त्वना हुने समुहले १० हजार र वाँकी चार समुहले पाँच÷पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । आईतवारसम्म भएको प्रतिष्पर्धामा सरस्वती सामुदायिक महिला समहु पोखरा ३३, समाज सुधार आमा समुह पोखरा २९ र सृजना महिला समुह पोखरा २६ सेमिफाईनलमा प्रवेश गरेका छन् ।

\‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवको चौथो दिन आईतवार सात हजार दर्शकहरुले अवलोकन गरेको र २० लाख बराबरको आर्थीक कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिनुभयो ।

महोत्सवमा आईतबार लोकदोहोरी कलाकारहरु श्याम राना, भुमिका गिरी, शंकर विरही गुरुङ, बिन्दा परियार, टेक क्षेत्री, कमला गैह्रे, शिवहरी ढुंगाना र उमादेवी खनालको प्रस्तुती रहेको थियो भने बेलुका लाईभ कन्सर्टमा सहिमा श्रेष्ठ, सन्तोष बस्याल र र्यापर शुसिलले प्रस्तुती दिएका थिए ।

सोमबार  लोकदोहोरी कलाकारहरु शिव हमाल, चोलेन्द्र पौडेल, वसन्त वि.क, अस्मिता डल्लाकोटी, पार्वती गुरुङ्ग, नविना सुवेदी हास्यकलाकार सुन्दर खनाल (नट्टी वावा) र बेलुका कन्सर्टमा जेम्सी र्यापरको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।

Comments
Loading...