जनहित महिला समूहको अध्यक्षमा चन्द्रावति निर्वाचित

हिमाली आवाज । पोखरा महानगर पालिका–५ मा रहेको जनहित महिला समूहको अध्यक्षमा चन्द्रावति गैरे अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । समूहको शनिबार सम्पन्न छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

महिला समूहको उपाध्यक्षमा सरस्वती अधिकारी, सचिव समीक्षा कुमारी लामिछाने , कोषाध्यक्ष इन्दु सुवेदी र सहसचिवमा सुनिता सुनार चयन हुनुभयो ।

यसैगरी सदस्यहरुमा शारदा भट्टराई, माया भण्डारी ,इन्दिरा आचार्य ,सीता सुनार ,उमा सुवेदी ,दुर्गा अधिकारी ,सरिता सुनार ,विष्णु कुमारी विश्वकर्मा चयन हूनूभयको छ ।

पोखरा–५ का कार्यवाहक वडाध्यक्ष गोविन्दा पराजुलीको प्रमूख आथित्यमा भयको अधिवेशनमा वडा नम्बर ५ का महिला सदस्य एवं पोखरा महानगरपालिका कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा, सदस्य कल्पना भुवाजी क्षेत्री रहनू भयको थियो ।

कार्यक्रममा अन्नपूर्ण ४ का महिला सदस्य पशुपति केसी, सल्लाहकार सिर्जना शाह टोल सुधारका अध्यक्ष आमा समूहका अध्यक्ष धारापानी महिला बहुउद्देश्य संस्थाका उपाध्यक्ष लगायतको उपस्थिति रहेको थियो संस्थाका अध्यक्ष गीता पौडेलको अध्यक्षतामा भएको कार्यक्रको सञ्चालन सचिब चन्द्रावति गैरेले गर्नुभएको थियो ।

Comments
Loading...