पोखराको कोन सहकारीको २६ औँ वार्षिकोत्सव,सुविधासम्पन्न भवन उद्घाटन रक्तदान कार्यक्रम

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं १३ मा अवस्थित कोन सामुदायिक बचत तथा ऋण सहकारीले आज संस्थाको २६ औँ वार्षिकोत्सवका अवसरमा भवन उद्घाटन तथा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको कार्यालय भवनको कार्यक्रमका प्रमुख अतिथि सहकारीका संस्थापक अध्यक्ष एवं संरक्षक शरदकान्त सिग्देलले उद्घाटन गर्नुभयो । यसैगरी रक्तदान कार्यक्रमबाट ५२ युनिट रगत संकलन भएको छ ।

कार्यक्रममा संरक्षक शरदकान्त सिग्देलले सेयर सदस्यहरुको सामूहिक प्रयासबाट संस्था यस स्थानमा आइपुगेको बताउनुभयो । उहाँले संस्थाले वित्तिय अनुशासनलाई कडाईका साथ लागू गर्दैै आएको बताउनुभयो । “सबैको साथ र सहयोगले कोन सहकारी जिल्लामा उत्कृष्ट सहकारी बनेको छ । सुरुआतमा यस क्षेत्रमा कुनै पनि वित्तिय संस्था नभएका बेलामा स्थापना भएको संस्थामा हाल तीन हजार पाँच सय भन्दा बढी सदस्य रहनुभएको छ ।” सिग्देलले भन्नुभयो ।

कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तीर्थबहादुर बस्नेतले संस्थाको भवन निर्माण र जग्गा खरिदका लागि करिव रु ६ करोड ५० लाख लगानी भएको बताउनुभयो । उहाँले सुविधासम्पन्न भवनबाट सेवा प्रवाहमा सहजता भएको बताउनुभयो ।

कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य एवं शिक्षा उपसमितिका संयोजक खड्क वहादुर गुरुङ(खुशीमान), रक्त संचार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली, मार्गदर्शन एकेडेमीका संचालक पुरनकुमार श्रेष्ठ, सहकारीका सञ्चालक समितिका सदस्य शारदा सिग्देल पराजुली लगायतले कोन सहकारी नमूना सहकारीका रुपमा अघि बढेको बताउनुभएको संस्थाका प्रेस संयोजक शोभाकान्त सिग्देलले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

Comments
Loading...