हिमाली आवाज । पोखरा देशको पर्यटनको राजधानी । पोखरामा पर्यटक यतिबेला भरिभराउ छन् । पोखरा सडक महोत्सव, बेलुन फेस्टिबल र ड्रागन बोट रेस फेस्टिबलले पोखरा गुल्जार छ ।
अंग्रेजी नयाँ वर्ष सन् २०२५ को समेत आगमन भएकाले नयाँ वर्ष मनाउनका लागि भनेरनै हजारौँ पर्यटक पोखरा भित्रिएका छन् । यही मेसोमा पोखरामा आएका हजारौँ पर्यटकले मंगलबार राति अंग्रेजी नयाँवर्षको भव्य स्वागत गरेका छन् । पोखराको लेकसाइड क्षेत्र रातभर पर्यटकले भरिभराउ रहेको पर्यटन व्यवसायीको भनाई छ।
पोखरामा संचालन भएको पोखरा सडक महोत्सवको अवसरमा मंगबलार राति १२ः०० बजे पोखरामा आतिसबाजी सहित भव्य स्वागत गरिएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो ।पोखरामा पर्यटक आगमनसँगै व्यवसायी समेत उत्साहित बनेका छन् ।