पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडमा चीनलाई उपाधि,नेपाल उपाधि विहिन

हिमाली आवाज । पोखरामा आयोजना भएको दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’को उपाधिमा चिनियाँ खेलाडीले वर्चश्व कायम गरेका छन् । नेपाल भने उपाधि विहिन बनेको छ ।

पोखराको फेवातालमा आज सम्पन्न दुई सय र पाँच सय मिटर फाइनल रेसमा चीनको डोङग्वान लाओयू क्लब टिमले दोहोरो उपाधि जितेको छ । दोहोरो उपाधि संगै उसले नगद १० हजार डलर पुरस्कार पायो ।

नेपाल र छिमेकी मुलुक चीन बीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।

चीनकै युनान मिन्जु युनिभर्सिटी टिम दोस्रो भएको छ भने लिआओचिङ यूनिभर्सिटी टिम तृतीय भयो । युनान प्रान्तको नर्मल विश्वविद्यालयले चौथो स्थान हासिल गर्न सफल भयो ।

यसैगरी निर्धारित पाँच सय मिटरको दौडमा लिआओ चेङ युनिभर्सिटी छिम दोस्रो बनेको छ । प्रतियोगितामा यूहान युनिभर्सिटी टिम तेस्रो भयो ।प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर विजेता टोलीले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद पाँच हजार अमेरिकी डलर, उपविजेताले. दुई हजार डलर र तृतीय भएको टोलीले एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा सहभागी टोलीलाई पाँच सय डलरका दरले पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनिया राजदूत छन् सोङ, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको सयुक्त आयोजनामा भएको प्रतियोगितामा २० टोलीको सहभागिता थियो ।प्रतियोगितामा चीनको आठ, सिंगापुरको एक बाँकी ११ टिम नेपालका विभिन्न ठाँउबाट सहभागी थिए ।

महोत्सवको रुपमा आयोजित नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस २०२४ सम्पन्न भए संगै कार्यक्रमले नेपाल र छिमेकी चीनबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई बलियो बनाउन र नेपालको पर्यटन प्रवद्र्धन गर्न सफल भएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताउनुभयो ।

Comments
Loading...