दूरसञ्चारको कामलाई प्रभावकारी बनाउनुुपर्छः सञ्चारमन्त्री गुरुङ

हिमाली आवाज । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले दूरसञ्चारको कामलाई प्रभावकारी बनाउनुुपर्नेमा जोड दिनुुभएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आज पोखरामा आयोजित गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर र चुनौती सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले गुनासो नआउने तबरले प्रभावकारी सेवा प्रवाह हुनुपर्ने बताउनुुभयो ।

सबैको एकताबद्ध प्रयासबाट दूरसञ्चारको कामलाई गुणस्तरीय बनाउन सकिने उहाँले बताउनुुभयो ।राजमार्ग क्षेत्रमा दूरसञ्चार सेवाका सम्बन्धमा गुनासो आउने गरेको बताउँदै उहाँले पृथ्वी राजमार्ग सहित अन्य राजमार्गहरूमा स्तरीय सेवा दिनेगरी काम गर्नुपर्नेमा जोड दिनुुभयो । सेटलाइटका माध्यमबाट फोरजी सेवालाई घरघरमा पुु¥याउनुुपर्ने उहाँले बताउनुुभयो ।

सञ्चार क्षेत्रलाई व्यवस्थित गर्नका लागि सरकारले पब्लिक सर्भिस बोर्ड(पिएसबी) मार्फत नेपाल टेलिभिजन र रेडियो नेपाललाई एक ठाउँमा बनाएको बताउँदै उहाँले प्रिन्ट मिडियालाई पनि एक ठाउँमा ल्याउनका लागि पिएसपी ल्याउने योजना रहेको बताउनुुभयो ।

पछिल्लो समयमा अनलाइन मिडियामा अराजकता देखिएको बताउँदै मन्त्री गुुरुङले प्रेस स्वतन्त्रता एवम् जनताका हक अधिकारलाई कुण्ठित नगर्ने गरी अनलाइन मिडियालाई व्यवस्थित गरिने जानकारी दिनुुभयो ।

साइबर अपराध बढ्दो अवस्थामा रहेका कारण यसको नियन्त्रणका लागि सरकारले साइबर सेक्युुरिटि ऐन ल्याउन तयारी गरेको उहाँले बताउनुुभयो ।

नेपाल टेलिकममा जनउत्तरदायी बनाउनका साथै नागरिक निगरानी बढाउनका लागि यसको पब्लिक शेयर बृद्धि गर्दै २५ देखि ३० प्रतिशत बनाउनुपर्छ भन्ने विषय छलफलका क्रममा रहेको उहाँको भनाइ छ ।

इ गभरनेन्स बर्तमानको आवश्यकता भएको बताउँदै उहाँले जनतासँग जोडिएको सिंहदरबारका रुपमा रहेका प्रत्येक वडामा इ गभर्नेन्स सुरु गर्दै हाम्रो काम कारबाहीलाई छिटो छरितोसँगै खर्चमा समेत कम गर्न सकिने बताउनुुभयो ।

संविधान संशोधन बहुमतका आधारमा गर्ने पक्षमा सरकार नरहेको उल्लेख गर्दै उहाँले संशोधनको आवश्यकतालाई दृष्टिगत गरी सत्तारुढ प्रमुख दुुई दलमा आपसी छलफल गर्दै अन्य दलसँग छलफल बढाउने बताउनुुभयो ।

संघीयता, समानुपातिक समावेशिताका सम्बन्धमा प्रश्न नउठ्ने तर यसको प्रयोग कसरी गर्ने सम्बन्धमा छलफल हुन सक्ने बताउनुुभयषे ।
प्रदेशको औचित्यलाई पुष्टि गर्ने गरी प्रदेश सरकारहरूले काम गर्नुुपर्ने बताउँदै उहाँले प्रदेश तथा स्थानीय तहले पहिले पाउने गरेको बजेट सात प्रतिशतबाट घटेर तीन प्रतिशत हुँदा पनि सातवटै प्रदेशबाट बजेट कम भयो भन्ने गरेको आँफूले नसुनेको उहाँले बताउनुुभयो ।

गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले दूरसञ्चार सेवालाई सबैले समान सुविधा पाउने गरी विस्तार गर्नुुपर्ने आवश्यकता आंल्याउनुुभयो ।

गाउँपालिका महासंघ, गण्डकी प्रदेशका अध्यक्ष नबराज ओझाले विकास निर्माणका क्रममा सम्बन्धित निकायहरूमा समन्वय नहुँदा हुुने गरेका कमजोरी हटाउनुुपर्नेमा जोड दिनुुभयो ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले दुरसञ्चार सेवाका क्षेत्रमा भैरहेको प्रयास एवम् वर्तमान अवस्थाबारे जानकारी गराउनुुभएको थियो ।

Comments
Loading...