नेकपा(एमाले) अन्नपूर्ण–७ को अध्यक्षमा विष्णु निर्वाचित

हिमाली आवाज । नेकपा(एमाले) वडा कमिटी अन्नपूर्ण गाउँपालिका वडा नं.–७ कास्कीको दोस्रो वडा अधिवेशनबाट विष्णु चापागाई अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।

शनिबार सम्पन्न वडा कमिटीको अधिवेशनले चापागाईको अध्यक्षतामा १५ सदस्सीय वडा कमिटी निर्वाचित गरेको हो । उपाध्यक्षमा शिवराम भण्डारी, सचिव कमल गुरुङ , उप सचिव खुशीमान आले र लिला थापा मगर चयन हुनुभयो ।

अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि पार्टी गण्डकी प्रदेश कमिटी सदस्य एवं अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले सामाजिक न्याय , विकास र समृद्धिको लागि सबै जना एमालेको झण्डा मुनी गोलबन्द हुनुपर्ने बताउनुभयो । उहाँले जनताको वास्तविक सेवा गर्ने पार्टी एमाले रहेको जिकिर गर्नुभयो ।

विशेष अतिथि प्रदेश कमिटी सदस्य एवं अन्नपूर्ण इन्चार्ज भरत मान गुरुङ, जिल्ला कमिटी सदस्य नविन गिरि, जिल्ला सदस्य एवं वडा इन्चार्ज प्रदिप गुरुङ , अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, पार्टी अन्नपूर्ण गाउँ कमिटी अध्यक्ष चुडामणी अधिकारी, एमाले नेता श्याम गुरुङ, पुर्व वडा अध्यक्ष घनश्याम चापागाईं, नेपाली कांग्रेस वडा समिति सचिव परित्याग गरि एमाले प्रवेश गर्नुभएका ओम बहादुर गुरुङ लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । पार्टी प्रवेश गर्दै ओम बहादुर गुरुङले सामाजिक रुपान्तरण, विकास र समृद्धिको साथै राष्ट्र र राष्ट्रियताको लागि नेपाली काँग्रेस भन्दा नेकपा(एमाले) अब्बल पार्टी रहेको ठहर गरि आफुहरु प्रवेश गरेको बताउनुभयो ।

कमिटीका कार्यबाहक अध्यक्ष महेस कुलुङ राइको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा सदस्य राम गुरुङले गर्नुभएको थियो ।
बन्द सत्र संचालनका लागि ्रदीप गुरुङको नेतृत्वमा नवीन गिरि, चुडामणी अधिकारी , चन्द्रकला अधिकारी , दुर्गा बहादुर क्षत्री सहितको अध्यक्ष मण्डल गठन गरिएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस क्षत्रीय समिति सदस्य केशवराज दुरा , अन्नपूर्ण –७ वडा इकाई सचिव ओम बहादुर गुरुङको नेतृत्वमा १३ जना भन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेको बताइन्छ ।कार्यक्रममा विभिन्न बाजागाजा सहित सांस्कृतिक झाँकिहरु पनि प्रदर्शन गरिएको थियो ।

Comments
Loading...