माछापुच्छ्रे गाउँपालिका माओवादी केन्द्रको अध्यक्षमा गोपाल पोख्रेल निर्वाचित

हिमाली आवाज ।नेकपा(माओवादी केन्द्र )माछापुच्छ्रे गाउँ पालिका कास्कीको तेस्रो सम्मेलनले गोपाल पोखरेललार्ई अध्यक्षमा निर्वाचित गरेको छ । शनिबार सम्पन्न सम्मेलनले पोख्रेलको अध्यक्षतामा ३३ सदस्यीय गाउँ पालिका समिति सर्वसम्मतरुपमा निर्वाचित गरेको हो । अध्यक्षमा चयन हुनुभएका पोखरेल यसअघि उपाध्यक्ष भएर काम गरिरहनुभएको थियो ।

समितिको उपाध्यक्षहरुमा डिल्लीराम भण्डारी, टेक प्रसाद अधिकारी र ढाकामोहन पौडेल रहनुभएको छ। यसैगरी सचिवमा रामचन्द्र पौडेल सहसचिवमा पुर्खा बहादुर पुन तथा कोषाध्यक्षमा अप्सरा लामिछाने निर्वाचित हुनुभयो ।

खबरदारी सभाको रुपमा गरिएको सम्मेलनलाई माओवादी केन्द्रका प्रदेश सदस्य तथा निर्वतमान अखिल (क्रान्तिकारी ) उपाध्यक्ष प्रविना अधिकारीले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभयो । सो अवसरमा उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहाल( प्रचण्ड) नेतृत्वको सरकार हटाएर बर्तमान गठबन्धनको सरकार बनाउन भ्रष्ट र कमिसन खोरहरुको हात रहेको बताउनु भयो ।

सम्मेलनलाई प्रदेश सदस्य तथा गाउँपालिका इन्चार्ज राजेन्द्र गुरुङ, प्रदेश सल्लाहाकार श्याम दाहाल, जिल्ला समन्वय समिति सदस्य शिव प्रसाद पोख्रेल लगायतले सम्बोधन गर्नुभएको थियोे । सम्मेलनको उद्घाटन तथा खबरदारी सभाको अध्यक्षता गाउँपालिका अध्यक्ष बैकुण्ठ भण्डारी गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष गोपाल पोख्रेल र सञ्चालन सचिव शिव भण्डारी गर्नुभएको थियो ।

गाउँपालिका समितिका नवनिर्वाचित अध्यक्ष गोपालले पोखरेलले पालिकाको पार्टी कमिटीलाई व्यस्थित र आगामी निर्वाचनका लागि अहिलेदेखीनै तयारी गर्ने बताउनुभयो ।

अध्यक्ष पोखरेलले भन्नुभयो,“माछापुच्छ्रे गाउँपालिकामा माओवादी पार्टीलाई एक नम्बरको पार्टी बनाउने गरी मेरो नेतृत्वको कमिटीले काम गर्नेछ । अहिलेदेखीनै आगामी स्थानीय तहको निर्वाचनको तयारी गर्नेछौँ । ”

Comments
Loading...