हिमाली आवाज । नेकपा(माओवादी केन्द्र )अन्नपूर्ण गाउँ पालिकाको तेस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले भेषराज पौडेल अध्यक्षतामा ३५ सदस्यीय गाउँ पालिका समिति सर्वसम्मतरुपमा निर्वाचित गरेको छ । उपाध्यक्षहरुमा शोभाखर अधिकारी चिजकुमारी परियार र सुर्य परियार सचिवमा शरणसिंह बि.क.सहसचिवमा टेक प्रसाद अधिकारी र कोषाध्यक्षमा दिपशिखा गिरीलाई निर्वाचित गरेको छ ।
खबरदारी सभाको रुपमा गरिएको सम्मेलनलाई माओवादी केन्द्रका केन्द्रीय सचिव तथा पूर्व संघीय शिक्षा मन्त्री दिननाथ शर्माले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै बर्तमान सरकारले सृष्टि गरेको बेथिति र दुराअवस्था अन्त्य गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायको लागि माओवादीको बिकल्प नभएको बताउनुभयो ।
सम्मेलनको अध्यक्षता अध्यक्ष धर्म बहादुर गुरुङले गर्नुभएको थियो भने विशेष अतिथि केन्द्रीय सदस्य तथा कास्की जिल्ला ईन्चार्ज रामजी प्रसाद बराल ,अतिथि केन्द्रीय सदस्य दुर्गा कुमारी वि.क. जिल्ला सचिव बिनय थापा ३ नं. क्षेत्रीय संयोजक भिम क्षितिज, ३(१) र (२) का संयोजक भोजराज पौडेल र बलराम सुवेदी अन्नपूर्ण गाउँपालिका इन्चार्ज दुर्गादत्त भण्डारी, प्रदेश सदस्यहरु गोविन्द अधिकारी र चुडामणि अधिकारी समेतको उपस्थिति रहेको थियोे । संयोजक गोविन्द प्रसाद अधिकारी ,सदस्यहरु चुडामणि अधिकारी ,ईन्दिरा अधिकारी ,जौमाया देवकोटा र धर्मदत्त दाहाल रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको हो ।