पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित

हिमाली आवाज । नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित हुनुभएको छ । शनिबार बिहान सम्पन्न भएको मत गणनामा माधव बराल १ सय ५ मतसहित निर्वाचित हुनुभयो । प्रतिस्पर्धी राजेन्द्र अधिकारीले ९६ मत पाउनुभयो। शुक्रबार सम्पन्न भएको मतदानमा २ सय २० मतदाता मध्ये २ सय ५ जनाले मतदान गरेका थिए ।

महासंघको उपाध्यक्षमा माधवप्रसाद रेग्मी ९० मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी श्रीराम सिग्देलले ७७ र कमल पौडेल‘अथक’ले ३५ मत ल्याउनुभयो । महिला उपाध्यक्षमा १ सय ९ मतसहित कञ्चन थापा निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी विना कुमारी थापाले ८७ मत पाउनुभयो ।
सचिवमा १ सय २ मतसहित भुपाल गुरुङ निर्वाचित हुँदा प्रतिस्पर्धी सन्देश श्रेष्ठले ९८ मत पाउनुभयो । यस्तै समावेशी सहसचिवमा १ सय २६ मतसहित धनबहादुर गुरुङ (सुमन) निर्वाचित हुुँदा प्रतिस्पर्धी दिलप्रसाद गुरुङले ७२ मत पाउनुभयो । खुल्ला सचिवमा मधु अधिकारी १ सय १८ मत ल्याएर निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी श्रीभद्र पौडेलले ८० मत पाउनुभयो । कोषाध्यक्षमा राजाराम पौडेल १ सय १७ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी सुरेश अधिकारीले ८० मत पाउनुभयो ।

नेपाल पत्रकार महासंघ कास्की शाखाको खुल्ला सदस्यमा अर्जुन गाहामगर सुशान्त १ सय ५१, गौरव त्रिपाठी १ सय ४३, राजु गिरी १ सय ३२, बालकुमारी पौडेल १ सय २९, सन्तोष सुवेदी १ सय २८, रिखिराम जिसी १ सय १७, तुलसीराम सुवेदी १ सय ७, निराजन अधिकारी १ सय ६, पुष्पराज दाहाल १ सय ४ मत ल्याएर विजयी भए ।

महिला सदस्यमा कविता घर्तीमगर १ सय १, दलित सदस्यमा सुरेश सुनार १ सय ४३ मत ल्याएर विजयी हुनुभयो। आदिवासी सदस्यमा पुनम थापा मगर र अन्य समावेशी सूर्य परियार निर्विरोध निर्वाचित हुनुभयो।

Comments
Loading...