प्याब्सन स्पोर्टस् मिटमा सगरमाथालाई उत्कृष्ट नतिजा

हिमाली आवाज । पोखराको सगरमाथा निकेतन विद्यालयले पोखरामा आयोजित १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मा उत्कष्ट नतिजा ल्याएको छ ।

सो विद्यालयले एथ्लेटिक्सतर्फ १०० र २०० मिटर दौडमा स्वर्ण पदक जितेको हो । दुवै विधामा सगरमाथाको कक्षा १० मा अध्ययनरत अनुष्का अधिकारीले स्वर्णं पदक जितेकी छन् । यसैगरी उनले लङजम्ममा समेत स्वर्ण पदक जितिन् ।

रिले दौडमा अनुस्का, आकृति, अनुश्रिया र युनिसाको टोलीले रजत पदक जित्न सफल भयो । यसैगरी विद्यालयका कार्लोस पौडेलले १०० मिटर दौडमा स्वर्ण पदक जितेका छन् । श्रवण अधिकारीले एक हजार ५०० मिटर दौडमा स्वर्ण पदक हासिल गरेको विद्यालयका प्राचार्य दीलिप शर्मा भट्टराईले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

श्रवण अधिकारीले आठ सय मिटर दौडमा रजत पदक जित्न भए । यसैगरी अन्जान रानामगरले २०० र ४०० मिटरमा रजत पदक प्राप्त गरे । छात्र टेबलटेनिसतर्फ स्वर्णिम तिमिल्सिना र कृतन थापाले स्वर्ण पदक जितेका छन् । तिमिल्सिनाले एकल टेवलटेनिसमा कास्य पदक दिलाए । छात्रातर्फ श्रष्टि खड्काले रजत प्राप्त गरेकी छन् । विद्यालयले एथलेटिक्सतर्फ उपविजेता समेत बन्न सफल भएको प्राचार्य शर्माले जानकारी दिनुभयो ।
“प्याव्सन खेलकुद प्रतियोगितामा हाम्रो विद्यालयले यस वर्ष उत्कृष्ट नतिजा ल्याएको छ । हामी विद्यालय परिवार अत्यन्त उत्साहित छौँ । शैक्षिक गतिविधिका साथसाथै खेलकुदलाई समेत प्राथमिकता दिएर अघि बढेका छौँ । ” प्राचार्य शर्माले भन्नुभयो ।

Comments
Loading...