पोखराको ढुङगेसाँघुमा बन्यो शिवालय मन्दिर

हिमाली आवाज । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा निर्माण भएको शिवालाय मन्दिरको शनिबार उद्याटन गरिएको छ । यही मंसिर १७ गतेदेखी जारी ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ अन्र्तगत सोही स्थानमा निर्माण सम्पन्न भएको मन्दिरको उद्याटन गरिएको हो ।

यज्ञका प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले मन्दिरको उद्याटन गर्नुभयो । ६ महिना पहिला मन्दिरको शिलान्यास गरिएको थियो ।

यस्तै शवदहन स्थल (सेती नदी) जाने बाटो (सिँढी)को पनि शिलान्यस गरिएको छ । पट्नेरीबाट सेती नदीसम्म जानका लागि गोरेटो बाटो भए पनि व्यवस्थित नहुदाँ शवदहनको लागि आवतजावत गर्न असहज हुने गरेको छ । बाटोको ज्येष्ठ नागरिक सीता ढकाल, पार्वती ढकाल र शुसिला थापाले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । नदीसम्म पुग्नका लागि एक सय आठ सिँढी निर्माण हुने यज्ञ आयोजक समितिका संयोजक नारायण भण्डारीले जानकारी दिनुभयो ।

महतगौंडा र टुटङ्ग्यालाई जोड्ने प्राचीन प्राकृतिक पुल ढुङ्गेसाँघुको तल हहिहर भगवानले तपस्या गरेको गुफा जानका लागि पट्नेरीबाट सिँढीसहितको बाटो निर्माणका लागि शुक्रबार शिलान्यास गरिएको थियो । यस्तै सोही स्थानमा प्रेम मन्दिरको पनि शिलान्यास गरिएको अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष मदन गिरीले जानकारी दिनुभयो ।

यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि धाम निर्माण गर्ने उद्धेश्यका साथ कोटीहोम आयोजना गरिएको हो । अबको पाचँ वर्षमा धाम विश्वको आकर्षक गन्तब्य बन्ने संकल्पकर्ता ढकालले जानकारी दिनुभयो ।

प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले धार्मिक पर्यटकीय केन्द्र बनाउन सबै पोखरेलीको साथ र सहयोगको आवश्यक रहेको बताउदै यज्ञ स्थलमा आएर हौसला बढाइदिन आग्रह गर्नुभयो ।

यज्ञमा ठुलो संख्यामा भक्तजनहरुको उपस्थितिमा दैनिक संगितमय कथा प्रवचन भइरहेको छ । मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुने छ ।

Comments
Loading...