हिमाली आवाज । नेपाली विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेंगको पोखरामा भव्य रुपमा लञ्च गरेको छ । सिजीले अटोवेज प्रा.लि.लाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा समेत गरेको छ ।
पोखरा महानगर प्रमुख धनराज आचार्यले एक्सपेंगको बिक्री सुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले पोखराका लागि वातावरण र पर्यावणमैत्री विद्यूतीय गाडीको प्रयोगलाई महानगरल प्रोत्साहन गर्ने बताउनुभयो ।
पोखरामा एक्सपेंगको उपस्थितिले स्थानीय ग्राहकहरूलाई अत्याधुनिक, वातावरणमैत्री सवारीसाधन र भरपर्दो सेवा प्रदान गर्ने अटोवेज प्रालिका कार्यकारी अध्यक्ष नारायण पौडेलले बताउनुभयो ।
जी मोटर्सका सीईओ/निर्देशक हेमन्त अग्रवालले सीजी मोटर्सका उपलब्धि र अटोवेजसँगको सहकार्यको चर्चा गर्नुका साथै भविष्यका योजनाहरू प्रस्तुत गर्नुभयो ।
उद्घाटनका क्रममा अटोवेज प्रालिले पहिलो चरणका ग्राहकलाई ५ वटा जी६ एसयुभी पनि हस्तान्तरण गरेको छ । यस लञ्च कार्यक्रममा एक्सपेंगको नयाँ जी६ मोडल प्रस्तुत गरिएको छ । जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ । जी६ ले विश्वकै उच्च सुरक्षा परीक्षण E–NCAP मा ५– स्टार रेटिङ प्राप्त गरेको छ । यसले स्वचालित ड्राइभिङ प्रविधि, SEPA 2.0 संरचना, नियमित ओटिए अपडेटहरू, एक्सओएस अपरेटिङ सिस्टम र ८०० भी सुपर–फास्ट चार्जिङ सुविधा प्रदान गर्दछ ।
जी६ को मोटर पावर १९० किलोवाट र टर्क ४४० एनएम छ, जसले 66kWh ब्याट्री प्याकसहित ४३५ किलोमिटरको रेन्ज दिन्छ । यसका थप विशेषतामा अगाडिको र पछाडिको एक्सलमा ५०एम५० तौल वितरण, समग्र स्पोर्टी प्रदर्शनका लागि एल्युमिनियम डाइ–कास्ट बडी र ९–आयामीय ब्याट्री सुरक्षासहितको संरचना सामेल छन्, जसले जी६ लाई विशिष्ट बनाउँछ । सीजी मोटर्सले हालसालै ग्राहक सेवालाई थप प्राथमिकता दिँदै बागडोल काठमाडौंमा आफ्नो अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ ।
साथै सीजी मोटर्सले २४/७ सडक सहायताका लागि हटलाइन नम्बर +९७७ ९७०७०९४२०७ मार्फत प्रदान गरिने सीजी केयर्स सेवा पनि प्रस्तुत गरेको छ । पोखराका ग्राहकले पनि यो सीजी केयर सुविधाबाट लाभ लिन सक्नेछन् । सीजी मोटर्सले ग्राहकलाई विशेष सेवा कुशलतापूर्वक प्रदान गर्दै आइरहेको छ ।