रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो

हिमाली आवाज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि आज अपरान्ह काठमाडौँ लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले अहिले ५ः१४ बजेको बुद्ध एयरको जहाजबाट लामिछानेलाई काठमाडौँ लगिएको जानकारी दिनुभयो ।

लामिछानेविरूद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेकाले बयानका लागि लगिएको शर्माले बताउनुभयो ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सहकारीको रकम ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका पर्नुभएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । उहाँलाई बयानका लागि यसअघि रुपन्देही लगेर पुनः पोखरा ल्याइएको थियो ।

जिल्ला अदालत कास्कीको आदेशबाट पटक पटक लामिछानेलाई म्याद थप गर्दै प्रहरीले सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ ।

Comments
Loading...