गण्डकी प्रदेशमा पहिलो पटक सञ्चालनमा आयो एआई एक्सरे मेसिन, स्वास्थ्यमन्त्री पाठकद्वारा शुभारम्भ

हिमाली आवाज । गण्डकी प्रदेश सरकारले (आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ।
छाती रोगसम्बन्धी खोज पड्तालका लागि गण्डकी प्रदेशमा नै पहिलो पटक बागलुङको गलकोटबाट सेवा शुभारम्भ भएको हो।

गलकोट नगरपालिका–११ रिघा स्वास्थ्य चौकीमा आयोजना गरिएको एक्सरेद्वारा छाती रोग खोज पड्ताल कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मेसिनको शुभारम्भ गरे। अत्याधुनिक प्रविधिसहितको मेसिनको प्रयोगद्वारा छाती रोगको समयमा खोजी र उपचारका लागि प्रदेश सरकारले काम थालेको बताउनुभयो ।

क्षयरोग उपचार केन्द्र गण्डकी प्रदेश पोखराले रु एक करोड ७५ लाख खर्च गरी खरिद गरेको एआई एक्सरे मेसिनले प्रदेशभरी खोज पड्ताल कार्यक्रम आयोजना गरेर छाती रोगको पहिचान गरिने मन्त्री पाठकले उल्लेख गर्नुभयो ।
क्षयरोग लागयतका छातीसम्बन्धी रोगको समयमा उपचार नहुँदा नागरिकले ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्यका लागि प्रविधि, जनशक्ति र उचारमा प्रदेश सरकारले कार्यक्रम ल्याएको मन्त्री पाठकले बताउनुभयो ।

Comments
Loading...