अर्जुनचौपारीको राष्ट्रपति रनिङ सिल्ड पञ्चकन्याले जित्यो,विनिता बनिन् सर्वोत्कृष्ट खेलाडी

हिमाली आवाज । पञ्चकन्या माविले दोस्रो राष्ट्रपति रनिङ सिल्ड तथा बृहत खेलकुद महोत्सवको उपाधि जितेको छ ।
अर्जुन चौपारी वडा नं –१ को पञ्चकन्याले २२ स्वर्ण, आठ रजत र चार कास्य पदकका लगातार दोस्रो पटक रनिङ सिल्ड जितेको हो । ५० स्वर्ण, ५० रजत र ५० कास्य पदकमा भएको प्रतिस्पर्धामा घण्टे माविले नौ स्वर्ण, नौ रजत र पाँच कास्य पदक ल्याएर दोस्रो बनेको प्रमुख प्रसासकीय अधिकृत कौशल पाण्डेले जानाकारी दिनुभयो ।
महोत्सवमा तेस्रो बनेको अर्जुन चौपारी चिल्डेन एकेडेमीले चार स्वर्ण, सात रजत र चार कास्य पदक जितेको हो भने अमर ज्योतिले चार स्वर्ण, चार रजत र १० कास्य पदक जितेको हो ।
महोत्सवमा पालिका भित्र सबै नजितामा सर्वोत्कृष्ठ घण्डे माविलाई एक लाख, उत्कृष्ठ जनमाविलाई ५० हजार प्रदान गरिएको थियो । यस्तै कक्षा –१ देखि ५ सम्म उत्कृष्ठ गणेश आवि र गाउँफर्क आविलाई ५०÷५० हजार तथा कक्षा –१ देखि ३ सम्म उत्कृष्ठ सुर्योदय आधारभुत विद्यालयलाई ५० हजार रुपियाँ र सम्मानपत्रले सम्मान गरिएको थियो ।
विनीता पालिका सर्वोत्कृष्ठ छात्रा खेलाडी 
घण्टे माविमा कक्षा –११ मा अध्ययनरत विनीता क्षेत्रीले आफुले प्रतिस्प्र्धा गरेको पहिलो प्रतियोगितामा आठ पदक जितेकी छन् । अर्जुन चौपारी गाउँपालिका–५ घण्टेमा उक्त माविबाट पहिलो पटक गाउँपालिकाले आयोजना गरेको दोस्रो राष्ट्रपति रनिङ सिल्ड तथा बृहत खेलकुद महोत्सवमा सहभागी क्षेत्रीले चार स्वर्ण, दुई रजत र दुई कास्य पदक जितेकी हुन ।
क्षेत्रीले १०० मिटर दौड, १०० मिटर रिले, भलिवल र लङजम्पमा स्वर्ण पदक जितेकी हुन् । यस्तै ४०० मिटर रिले र २०० मिटर दौडमा रजत पदक जित्दा क्षेत्रीले कबड्डी र त्रिपल जम्पमा कास्य पदक जित्न सफल भएकी हुन् ।
भर्खर १६ बर्षमा पाइला टेकेकी छात्रा तर्फकी सर्वोत्कृष्ठ खेलाडी महाशिला–६ पर्वत घर भई घण्डेमा अध्यनरत क्षेत्रीले पहिलो पटकमै पदक जितेको  बताईन । यस भन्दा पहिला खेलकुदमा सहभागी नभएको बताउदै क्षेत्रीले अब निरन्तर खेलकुदमा लाग्ने बताउनभुयो ।

मङसिर ६ गतेबाट शुरु भएको रनिङ शिल्ड तथा खेलकुद महोत्सबमा गाउँपालिकाका ३३ विद्यालयका नौ सय विद्यार्थीको सहभागिता रहेको थियो ।

कक्षा –१ देखि १२ कक्षाका विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा चम्चा दौड, म्युजिकल चियर, एकल नृत्य, दौड, हाइजम्प, लड्ढजम्प, त्रिपल जम्प, भलिबल, कबड्डी, डोरी तान्ने खेल भएको थियो ।
खेलकुद महोत्सवमा बिजयीलाई सङघीय सासद राजु थापाले पुरस्कार वितरण गर्नु भएको थियो । पुरस्कार वितरणमा सांसद थापाले खेलकुद र खेलाडी देशको गहना भएको बताउदै सबैले यसमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा माओबादी केन्द्रका केन्द्रिय सदस्य शैलेन्द्र घिमीरे, पालिका अध्यक्ष प्रकाश तिवारी, उपाध्यक्ष सपना गुरुङ, वडा नं –१ का वडा अध्यक्ष रण बहादुर थापा, वडा नं –२ का अध्यक्ष धन बहादुर गुरुङ, शिक्षक लाल केसी, बिष्णु प्रसाद चापागाई, बिद्यार्थी सुस्मिता पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।
Comments
Loading...