पूर्वसभामुख ढुङ्गानाको निधनमा आज देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

हिमाली आवाज । सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनको शोकमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साथै राष्ट्रिय सम्मानका साथ ढुँगानाको अन्त्येष्टि गर्ने निर्णय गरिएको छ ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने र उहाँको निधनको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

“पूर्वसभामुख ढुङ्गानाको सम्मानमा आज सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ”, प्रवक्ता गुरुङले भन्नुभयो, “राष्ट्रिय सम्मान व्यवस्थापनको जिम्मेवारी गृहमन्त्रालयलाई दिइएको छ ।”

Comments
Loading...