हिमाली आवाज । पोखराको टुँडिखेलमा रहेको इन्द्रेणी एकीकृत विकास समाजको २५ औँ अधिवेशनले पुनः भानुभक्त अधिकारीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
समाजको शनिबार सम्पन्न ५५ औँ साधारणसभा तथा अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित गरेको हो ।
समाजको उपाध्यक्षमा निरज विक्रम राणा, महासचिव वसन्त कोइराला, कोषाध्यक्ष वेदप्रसाद वस्ती र सचिवमा दुर्गाप्रसाद अधिकारी रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा दुर्गादत्त भुगाई,मीन बहादुर गुरुङ,हरिप्रसाद अधिकारी,निर्देशन कुमार चुल्याजु,शिशिर शर्मा,सरस्वती दाहाल,पार्बती खनाल रहनुभएको छ । यसैगरी विषयगत समितिका सयोजकहरुमा रुद्र प्रसाद लुईटेल, दानबहादुर श्रेष्ठ ,केदार पौडेल , कृष्ण तामाङ र स्वदेश शाही निर्वाचित हुनुभयो । अधिबक्ता तिलक कोइराला संयोजक र रामजी गौतम र भद्र राजा त्रिपाठी रहेको निर्वाचन कमिटीले निर्वाचन कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष भानुभक्त अधिकारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पोखरा महानगर पालिका बडा न १ का अध्यक्ष साहरा प्रधान प्रमुख अतिथि रहनुभएको थियो ।
उद्घाटन समारोहमा संस्थाका उपाध्यक्ष निरज बिक्रम राणाले स्वागत मन्तब्य तथा महसचिव वसन्त बास्तोलाले ले कार्यक्रम संचालन गर्नुभएको थियो। साधारणसभाले महसचिव, कोषाध्यक्षको प्रतिवेदन माथि छलफल गरी सर्वसहमतिमा पारित गरिएको थियो । कार्यक्रममा घनश्याम पौडेल , बिष्णु अधिकारी ,राम बिक्रम राणा, कृष्ण बहादु गुरुङ , दिल बहादुर गुरुङ , राम प्रसाद अधिकारी , जीवन अधिकारी र सस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुलीले शुभकामना मन्तव्य राख्नु भएको थियो।