हिमाली आवाज । पोखराको मोहरियाटोलमा अवस्थित विन्ध्येश्वरी आदर्श स्कुलमा पिस पोष्टर प्रतियोगिता सम्पन्न भएको छ । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आई अन्तरगतको क्लब लायन्स क्लब पोखरा डल्फिनको आयोजनामा प्रतियोगिता भएको थियो ।
“सिमा बिनाको शान्ति” भन्ने शिर्षकमा ११ देखि १३ वर्षसम्मका विभिन्न विद्यालयका करीब २५ विद्यार्थीहरु बीच प्रतियोगिता गरिएको हो । विद्यालय स्तरबाट नै शान्तिको सन्देश सिकाउने उद्देश्यले पिस पोस्टर प्रोग्राम गरिएको प्रतियोगिताका संयोजक तथा रिजन ५ का रिजन चेयर पर्सन कृष्ण कुमार श्रेष्ठले हिमाली आवाजलाई जानकारी दिनुभयो ।
प्रतियोगिता संयोजक श्रेष्ठका अनुसार लायन्स क्लब अफ पोखरा डल्फिनले विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा यस प्रकारको कार्यक्रम नियमित गर्दै आइरहेको छ । यस प्रतियोगितामा भाष्कर मेमोरियल स्कुलका छात्रा सौंरभी कुशल प्रथम, विन्ध्येश्वरी आर्दश बोर्डिङ स्कुलका छात्रा उपसना रेग्मी द्वितीय र विन्ध्येश्वरी आर्दश बोर्डिङ स्कुलका छात्र विनायक गिरि तृतिय भएका छन् ।
प्रतियोगिता डिस्ट्रिक पिस कोडिनेटर विष्णु प्रसाद ढुङ्गानाको को प्रमुख आतिथ्यतामा भएको थियो भने अध्यक्षता क्लबका अध्यक्ष गोविन्द बहादुर खड्का ले गर्नु भएको थियो । कार्यक्रममा डिस्ट्रिक को एडभाइजर ऋषि गिरी तथा क्लष्टर ३ का क्लष्टर प्रमुख विष्णु श्रेष्ठ कार्यक्रमका बारेमा भनाई राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन क्लबका सचिव गणेश बहादुर थापा तथा निणार्यकको भुमिका विद्यालयका कला शिक्षक अनिता थापाले गर्नुभएको थियो ।