केशवराज रेग्मी स्मृति पुरस्कारबाट प्रजातान्त्रिक योद्धा सकुन्तला सम्मानित

हिमाली आवाज । केशवराज रेग्मी स्मृति प्रतिष्ठान कास्कीले सञ्चालन गर्दे आएको “केशवराज रेग्मी स्मृति पुरुस्कार २०८१” बाट प्रजातान्त्रिक योद्धा सकुन्तला गुरुङ सम्मानित हुनुभएको छ ।

कार्तिक शुक्ल तृतीयाको दिन केशवराज रेग्मी को जन्मतिथिका अवसर पारेर सो पुरस्कार साबिक मौजा गाविस–५ जन्म भई हाल पोखरा १३ निवासी प्रजातान्त्रिक योद्धा गुरुङलाई एक समारोहका बीच अर्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेपाली कांग्रेस महासमिति सदस्यहरु लक्ष्मी पाण्डे,ऋषि काफ्ले र सीता अधिकारी लगातयले प्रमाणपत्र दोसल्ला र नगद रु २५ हजारबाट गुरुङलाई सम्मान गर्नुभयो ।

पुरस्कार प्रदान गर्नुभयो । पुरस्कृत व्यक्तित्व छनोटका लागि गठिन छनोट समितिको संयोजकमा प्रतिष्ठानका उपाध्यक्ष बिजय चन्चल रेग्मी र सदस्यहरु दीपेन्द्र राज रेग्मी र पबित्र राज पौडेल रहनुभएको थियो ।

राजनीतिमा लागेर कुनै पनि लाभका पदमा नभैकन अनवरत समाज र राष्ट्रका लागि योगदान गर्ने व्यक्तित्वलाई हरेक वर्ष सो पुरस्कार प्रदान गर्ने गरिएको प्रतिष्ठानका अध्यक्ष कमला रेग्मीले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

सम्मानित व्यक्तित्व सकुन्तला गुरुङले निस्वार्थ समाजसेवाले नै केशवराज रेग्मी प्रती श्रद्धाञ्जली हुने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि सभापति बरालले गुठबन्दीको अहिलेको राजनीतिले केशवराज रेग्मी प्रतिको अपमान हुने भन्दै नैतिक वान कार्यकर्तानै अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

कार्यत्र mममा नेपाली काँग्रेस क्षेत्र नं २ का का क्षेत्रीइ सभापति मनोज गुरुङ, पोखरा महानगर नगर सभापति सुरेन्द्रमान बिजुक्छे, सल्लाहकार एवं पोखरा –२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ, हेमराज रेग्मी लगायत नेता कार्यकर्ता र प्रतिष्ठानका आजिवन सदस्यहरुको उपस्थिति रहेको थियो । प्रतिष्ठानका अध्यक्ष कमला रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम संचालन प्रतिष्ठानका सचिब रामप्रसाद आचार्यले गर्नुभएको थियो ।

Comments
Loading...