पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा युवा व्यवसायी मनोहरि मनोनित

हिमाली आवाज । पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी मनोहरि पौडेल मनोनित हुनुभएको छ । संघका अध्यक्ष गोकर्ण कार्कीले संघको विधानको व्यवस्था बमोजिम पौडेललाई कार्यसमिति सदस्यमा मनोनित गर्नुभएको हो ।

बुद्ध विशाल बजारमा रहेको टुइन्स कलेक्सनका सञ्चालक पौडेल बुद्घ विशाल बजार व्यापरिक एसोसिएनका प्रवक्ता समेत हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य समेत रहनुभएको छ ।

पौडेल विभिन्न संघ संस्थामासमेत आवद्ध हुनुहुन्छ । त्रिलोकेश्वर शिव मन्दिर सेवा समिति पोखरा २८ को अध्यक्ष, शीतल युवा क्लब पोखरा १२ को सल्लाहकार, जुत्ता व्यवसायी समिति कास्की र कास्की बडिबिल्डिङ एन्ड फिटनेस एसोएिएसन दुबै संस्थामा प्रेस संयोजक, सुर्केमैदान युवा क्लब पोखरा २८ को संस्थापक अध्यक्ष समेत रहनुभएको छ । पोखरा २८ बिमिरापानी स्थायी निवासी पौडेल नेपालय नेटर्वक डटकमका कार्यकारी सम्पादक समेत हुनुहुन्छ ।

पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा चयन हुनुभएका पौडेलले संघको संस्थागत विकास र उद्योगी व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धता गर्नुभयो ।

संघको विधान अनुसार साधारण सदस्यमध्येबाट ४ जनालाई अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था छ । अध्यक्ष कार्की यसअघि सोवित पौडेल, नवीन पौडेल र कमलबहादुर सुनारलाई मनोनित गर्नुभएको छ । संघको विधान २०६५(पहिलो संशोधन २०७२) को परिच्छेद ६ को धारा ६.१ को ‘ड’ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै अध्यक्ष कार्कीले मनोनित गर्नुभएको छ । पौडेलको यो मनोनयसँगै कार्यसमिति पूर्ण भएको छ ।

Comments
Loading...