हिमाली आवाज । गण्डकी प्रदेश खो खो संघको शनिबार पोखरामा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि १३ सदस्सीय नयाँ नेतृत्व निर्वाचित गरेको छ ।
संघको प्रथम साधारणसभा तथा अधिवेशनले अध्यक्ष पदमा सुरजमोहन पोखरेल(कास्की) सर्वसम्मत निर्वाचित हुनुभयो । यसैगरी उपाध्यक्षमा केशवराज रेग्मी(गोरखा), सचिव विशाल गुरुङ(कास्की), सचिव महिमा धनेत(नवलपुर) र कोषाध्यक्ष सञ्जय पौडेल(नवलपुर) रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा चक्र कुँबर(तनहुँ),पदम केसी(कास्की),कृष्ण पाण्डे(नवलपुर),राजु रावल(लमजुङ), रामभक्त कँडेल(गोरखा) र टेक विनोथ थापा(कास्की) हुनुहुन्छ । बाँकी दुई सदस्य प्रदेश खेलकुद परिषद्बाट पठाउने बताइन्छ ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले संघलाई गतिशिल बनाउँदै उत्कृष्ट खेल संघका रुपमा स्थापित गर्नका लागि लागि पर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले आसन्न राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि टिम निर्माणका लागि आजदेखीनै लागि पर्ने बताउनुभयो ।