मर्दी हिमाल ट्रेकिङ गएर फर्किएका शिक्षक दम्पतीको दुर्घटनामा मृत्यु

हिमाली आवाज । विश्व  प्रख्यात  मर्दी हिमाल ट्रेकिङ सकेर घर फर्किने क्रममा  शिक्षक दम्पतीले  दुर्घटनामा  ज्यान गुमाएका छन ।

नवलपुरको विनय त्रिवेणी गाउँपालिका ४ बगैँचाका ३५ वर्षिय सन्तोष भुषाल र उनकी श्रीमती ३३ वर्षिय सविना भुषालको नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा परेर मृत्यु भएको हो ।

तिहार लगत्तै मर्दी हिमालमा ट्रेकिङ गएका उनिहरू पदयात्रा सम्पन्न गरेर घर फर्कदै थिए । उनिहरु दुवैजना शिक्षक हुन् । सन्तोषका साथी समेत रहनुभएका भरतपुर महानगरपालिका वडा नम्वर २३ का वडाध्यक्ष दीपक दवाडीले चितवन दुर्घटनामा परेर भुषाल दम्पतीको निधन भएको बताउनुभयाे ।

मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किँदा भुसाल दम्पती सहित पाँच जनाको मृत्यु भएको  थियाे।

Comments
Loading...